महालक्ष्मी विकास बैंकको ऋणपत्र पुर्ण रुपमा बिक्री

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २०७९ साल चैत्र २९ गते देखी निष्काशन खुल्ला गरेको ‘११% महालक्ष्मी डिवेन्चर –२०८९’ तोकिएको समय भित्रै अर्थात बैशाख ४, २०८० भित्रै पूर्ण रुपमा बिक्री भएको छ ।
१० बर्ष अवधि तथा वार्षिक व्याजदर ११ प्रतिशत भएको “११% महालक्ष्मी डिवेन्चर –२०७९” प्रति ऋणपत्र एक हजार रुपैँया अंकित मुल्यका १० लाख कित्ताले हुन आउने जम्मा रकम एक अर्ब रुपैंया बराबरको ऋणपत्र मध्ये साठी प्रतिशत रकम व्यक्तिगत तवरबाट र चालिस प्रतिशत रकम सर्वसाधारण नेपालीहरुको लागि सार्वजनिक निष्काशनबाट बिक्रीका लागि खुल्ला गरिएको थियो ।
इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम चार लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरीदका लागि छिटोमा बैशाख चार गते र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । यस बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात बैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको हो । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एन आई सी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको थियो ।
समय अवधि अगावै पूर्ण रुपमा बिक्रि हुन सफल भएकोमा बैंकले सम्पूर्ण संस्थागत तथा व्यक्तिगत लागानिकर्ताहरुलाई हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नुका साथै ऋणपत्र प्रतिको आकर्षण र बैंकप्रतिको विश्वासका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हार्दिक कृतज्ञता व्यक्त गरे ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरतरुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब सात लाख ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया