शनिबार, वैशाख २९, २०८१

हार्ले डेभिडसन एक्स ४४० (X440) लन्च

नेपालखोज २०८० साउन २६ गते १६:५७

काठमाडाैं । लामो प्रतिक्षापछि हार्ले डेभिडसनले आफ्नो किफायति बाइक एक्स ४४० ( X440) बजारमा लन्च गरेको छ । हार्ले डेभिडसन एक्स ४४० को प्रारम्भिक अन्तर्राष्ट्रिय बजार मूल्य ३.६६ लाख जति छ र यो बाइक ३ भेरियन्टमा उपलब्ध छ । तार स्पोक ह्वीलसहितको एक्स ४४० क्लासिक भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य ३.६६ लाख लाख रुपैयाँ हो । यसैगरी एलोय ह्विलले सुसज्जित एक्स ४४० भिभिड भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य ४ लाख रुपैयाँ छ। पूर्ण फिचर लोड भएको एक्स ४४० एस भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य ४.३० लाख रुपैयाँ छ ।

बजारमा ३५० सीसी देखि ६५० सीसी सम्मको मोटरसाइकलको खण्डमा रोयल इन्फिल्डको शासनलाई चुनौती दिन आएको हार्ले डेभिडसन एक्स ४४० ले रोयल एनफिल्ड क्लासिक ३५० , होन्डा सीबी३५० तथा जावा-येज्दीलगायत अन्य कम्पनीका बाइकहरूसँग प्रतिस्पर्धा गर्नेछ । एचडि एक्स ४४० मा ४४० सिसि सिंगल सिलिन्डर एयर र आयल कूल्ड इन्जिन दिइएको छ, जुन ६००० आरपिएममा २७ बिपिएच को अधिकतम पावर तथा ४००० आरपिएम मा ३८ एनएमको पीक टर्क उत्पन्न गर्न सक्षम छ। एक्स ४४० लाई ६ – स्पीड गियरबक्ससँग जोडिएको छ।

हार्ले-डेभिडसन एक्स ४४० को लुक्सको कुरा गर्दा यो ट्युबुलर ट्रेलिस फ्रेममा आधारित बाइक हो । यसको बीचमा एलईडी डीआरएल बारहरू सहित रेट्रो-स्टाइलको गोलन्ह आकारको हेडलाइट दिइएको छ । यसमा ओभल टेलल्याम्प, सर्कुलर इन्डिकेटर, मस्कुलर फ्युल ट्याङ्की, चौडा फ्ल्याट ह्यान्डलबार, मिड-सेट फुटपेग्स, ब्ल्याक इन्जिन बे र एग्जस्टका साथै रिन्ड आकारको स्पीडोमिटर छ। यो हार्ले मोटरसाइकल निकै स्पोर्टी देखिन्छ ।

हार्ले डेभिडसन एक्स ४४० को विशेषता सिंगल सिट सेटअप, बाक्लो ग्रेब रेल, ब्लुटुथ कनेक्टिभिटीसहितको टिएफटि (TFT) डिस्प्ले भएको गोलाकार आकारको इन्स्ट्रुमेन्ट क्लस्टर, अगाडि युएसडि (USD) फोर्क्स, रियरमा ट्वीन शक एब्जर्बर, डिस्क ब्रेक, साइड स्ट्यान्ड आदि हुन । इन्जिन कट-अफ फंक्शन, डुअल च्यानल एबीएस, १८ इन्च अगाडि र १७ इन्च रियर एमआरएफ टायर लगायत धेरै सुविधाहरूले हार्ले डेभिडसन एक्स ४४० लाई आगामी दिनमा मानिसहरूको मनपर्ने बाइक बनाउन सक्छ। यसको डेलिभरी सेप्टेम्बर- अक्टोबरमा सुरु हुनसक्छ ।

प्रतिक्रिया