ओमानले कतारलाई हरायो

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तरगत मुलपानी मैदानमा आज सम्पन्न खेलमा ओमानले र कतारलाई ४० रनले हराएको छ ।
ओमानले दिएको २५० रनको लक्ष्य पन्छाएको कतार ४७ दशमलब १ ओभरमा २०९ रन जोड्दा अलआउट भयो । उसका मोहम्मद रिजलानले ४३ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् । ओमानका बिलाल खानले ४ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा २४९ रन बनायो । जसमा आयन खानले अर्धसतकीय पारी खेल्दै अविजित ६४ रनको योगदान गरे ।
कतारका अमिर फरुक र मोहम्मद मुरडले तीन तीन विकेट हात पारे । मुलपानीस्थित खेल मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन भइरहेको हो ।
एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा वैशाख ५ गतेदेखि शुरु भएको प्रतियोगितामा १० टिम सहभागी छन् । जसलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन । यस्तै समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।

प्रतिक्रिया