बिहीबार, वैशाख १३, २०८१

साग : नेपाली महिला फुटबल टोलीद्धारा माल्दिभ्स पराजित

नेपालखोज २०७६ मंसिर १९ गते १६:१६

१९ मंसिर, पोखरा ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला फुटबलले माल्दिभ्सलाई पराजित गरेको छ ।

विहिबार (आज) पोखरामा भएको माल्दिभ्ससँगको खेलमा नेपाली फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले हृयाट्रिक गरेपछि नेपालले जित आफ्नो पक्षमा पारेको हो ।

खेलको इन्जुरी टाइममा सावित्रालाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो, जसमा उनले गोल गर्दै हृयाट्रिक पूरा गरिन् । सावित्राको यो ह्याट्रिकले सबैभन्दा बढी गोल गर्ने नेपाली महिला खेलाडीको किर्तिमानी समेत बनायो ।

प्रतिक्रिया