दिल्ली क्यापिटल्सको पहिलो जित

काठमाडाैं । आईपीएल २०२३ मा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ । दिल्ली क्यापिटल्स हाल अंक तालिकाको पुछारमा छ र उसले अहिलेसम्म खेलेका सबै पाँच खेलमा हार बेहोरेको छ तर छैटौं खेल उनको लागि भाग्यशाली रह्यो वा वर्षा र टस जित्नु उसका लागि भाग्यशाली थियो ।
यद्यपि दिल्लीका लागि यो खेलमा पनि सहज थिएन । दिल्ली क्यापिटल्सका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ५७ रन बनाए । उनीपछि मनिष पाण्डेले २१ रन र अक्षर पटेलले १९ रन बनाए । कोलकाताका वरुण चक्रवर्ती, अनुकुल रोय र नितिश राणाले २–२ विकेट लिए । यसअघि आईपीएल २०२३ को २८ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १२८ रनको लक्ष्य दिएको थियो ।
दिल्ली क्यापिटल्सले टस जितेर कोलकातालाई पहिले ब्याटिङको निम्तो दिएको थियो, जसको जवाफमा कोलकाता २० औं ओभरको अन्तिम बलमा १२७ रनमा अलआउट भयो। दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेल वर्षाका कारण एक घण्टा ढिलो सुरु भएको थियो । कोलकाताको सुरुवात राम्रो हुन सकेन ।
आईपीएलको यो सिजनमा डेब्यु गरिरहेका लिट्टन दास दोस्रो ओभरमा नै ४ रन बनाएर आउट भए । दिल्लीका लागि इशान्त शर्मा, एनरिक नोर्खे, अक्षर पटेल र कुलदीप यादवले २–२ विकेट लिए भने मुकेश कुमारले एक विकेट लिए ।

प्रतिक्रिया