अमेरिकामा फैलिरहेकोछ गरिबी

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा पनि गरिबीले जरा गाडेको छ । संयुक्त राज्य जनगणना ब्यूरोको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२१ मा जनसंख्याको १२ प्रतिशत अर्थात् ३७.९ मिलियन अमेरिकी गरिबीमा बाँचिरहेका थिए । यो स्थिति २०२० को स्तर भन्दा धेरै फरक छैन । २०२० मा ३.७० करोड मानिस गरिबीमा बाँचिरहेका थिए । सन् १९७० मा पनि यहाँ गरिबीको सङ्ख्या १२ प्रतिशतको हाराहारीमा थियो । यो “अमेरिकी सपना” को कालो पक्ष हो जुन नीति निर्माताहरूले बेवास्ता गर्दै आएका छन् ।
यद्यपि हालैका दशकहरूमा अमेरिकामा गरिबी घटेको छ, यो जनसंख्याको एक खण्डका लागि अझ स्थायी भएको छ। यसलाई अमेरिकी जनगणना ब्यूरोले “गहिरो गरिबी” र साझा भाषामा “चरम गरीबी” भनेको छ । यो गरिब जनसंख्याको ४८ प्रतिशतसँग अमेरिकी गरिबी रेखाको ५० प्रतिशत (प्रति वर्ष प्रति व्यक्ति १३,५९०डलर) पनि नगद छैन। अर्थशास्त्रीहरू के कुरामा सहमत छन् भने यो “गहिरो गरिबी” को जरा गहिरो छ र यो एक पुस्ताबाट अर्को पुस्तामा सर्ने प्रबल सम्भावना छ । त्यसैले यो गरिबीको दुष्ट चक्र हो।
प्रश्न के पनि हो भने अमेरिकामा मानिसहरू किन गरिब छन् ? धेरै मानिसहरू भन्छन् – धनी देशहरूले गरीबी भन्ने शब्द नै बिर्सिएका छन् । आफ्नो पुस्तक “Evicted: Poverty and Profit in the American City” का लागि २०१७ को पुलित्जर पुरस्कार जितेका समाजशास्त्री म्याथ्यू डेसमन्डले आफ्नो नयाँ पुस्तक “Poverty, by America” मा यो ज्वलन्त प्रश्नको जवाफ खोजेका छन् । उनको पुस्तकले अमेरिकामा वामपन्थी आक्रमणलाई बोलाउने परिस्थिति सृजना हुन थालेको निस्कर्श पनि निकालिएको छ । उनको पुस्तक रुसी लेखक लियो टोलस्टोयको उद्धरणबाट सुरु हुन्छ, “हामीलाई लाग्छ कि उनीहरूको पीडा एउटा कुरा हो र हाम्रो जीवन अर्कै हो।”
डेसमन्ड अमेरिकाको गरिबीलाई धनी र विशेषाधिकार प्राप्त अथवा कर्पोरेट घरानाहरूले गरिबहरूलाई जहाँ छन् त्यहिँ राख्न छेडिएको “वर्ग युद्ध” सँग तुलना गर्छन्। यो किनभने गरिब वा निरन्तर गरिबी कर्पोरेटहरूका लागि लाभदायक छ । गरिबको परिश्रम सस्तो छ र उनीहरू पूर्ण समर्पणका साथ काम गर्छन् । यसले कम्पनीको नाफा बढ्छ । उनी आफ्नो पुस्तकमा तर्क गर्छन्, “पुँजीवादमा श्रमिकहरूबाट बढीभन्दा बढी फाइदा लिन खोज्नु र मालिकहरूले सकेसम्म थोरै दिन खोज्नु स्वाभाविक हो। अमेरिकाको गरिबी स्रोतको अभावबाट होइन। हामीसँग अरू कुराको अभाव छ।”
समावेशी र सबैलाई साथमा लिएर अगाडि बढ्न उत्प्रेरित गर्ने यस्तो व्यवस्थाको अन्त्य यही हो – उनले थप स्पष्ट पारे । उनी भन्छन्, अमेरिका त्यस्तो प्रणालीको विपरीत हो जसले विशेषाधिकार प्राप्त र कर्पोरेटलाई फाइदा पुर्याउन हरेक तरिकामा काम गर्दछ, त्यो पनि आम मानिसको खर्चमा। धनीहरूलाई कर छुटदेखि सामाजिक समर्थनसम्म, त्यहाँ धेरै उदाहरणहरू छन् जुन गरीबको विरोधी छन् र सधैं धनीहरूलाई फाइदा पुर्याउँछन्। यो व्यवस्थाले वर्गसंघर्षको जग तयार गर्छ ।
डेसमन्डले अमेरिकीहरूलाई “गरीबका अनजान शत्रु” भनेका छन । टेलिभिजन च्यानल सीएनबीसीसँगको अन्तर्वार्तामा उनले भने, “अमेरिकामा एउटा राष्ट्रिय अधिकार कार्यक्रम छ जसमा गरिबहरूलाई मात्र समावेश गरिएको छ । २०२० मा देशले खाँचोमा परेकाहरूलाई सार्वजनिक आवास उपलब्ध गराउन र भाडाको बोझ कम गर्न भाउचर जस्ता आवास सहायतामा ५३ बिलियन खर्च गर्यो । त्यही वर्ष हामीले घरमालिक कर सब्सिडीमा १९० बिलियन भन्दा बढी खर्च गर्यौं। यो सब्सिडी घरधनीहरूलाई घरको धितोमा ब्याज कटौतीका लागि उपलब्ध गराइएको थियो ।
अनुदानको यो लडाइमा गरिबीविरुद्ध लड्न आवश्यक रकम उपलब्ध हुँदैन । न्यूयोर्क टाइम्समा उनले लेखेका छन्,”अमेरिकामा गरिबी कायम छ किनभने हामीमध्ये धेरैले यसको फाइदा लिन्छन् । हामी सस्तो सामान र सेवाहरूको आनन्द लिन्छौँ र हाम्रो लगानीमा राम्रो प्रतिफल पाउँछौं। विश्व सबैभन्दा छिटो धन सृजनाको चरणमा रहेको यो समयमा असमानता संकटको तहमा पुगेको छ । अमेरिकाको दीर्घकालीन गरिबीको बिषयमा डेसमन्डको विश्लेषण असमानता र गरिबी उन्मूलन कार्यक्रमहरू सही रूपमा लागू नभएमा अन्य धनी देशहरूमा लागू हुन्छ ।डेसमन्डको विश्लेषण उनिहरु यसबाट उम्कन सक्दैनन् भन्ने तथ्यको प्रतीक हो ।
प्रतिक्रिया