शुक्रबार, पुष ११, २०८२

आज विश्व पृथ्वी दिवस

सुनील उलक २०८० वैशाख ९ गते ८:५६

आज विश्व पृथ्वी दिवस । ५३ वर्ष अगाडि स्कुल र कलेजका बच्चाहरु जम्मा भएर अमेरिकामा पहिलो पटक यो धर्तीमातालाई सम्झेर मनाइएको थियो । अमेरिकी स्कुल तथा कलेजमा अन्तिम परिक्षा सकिएर Spring Break (छुट्टी) को सुरुवात हुने समय हुँदा बिदामा बस्नु अगाडि एकत्रित भएर मनाएका थिए ।

अमेरिकी लेखक जूलियन कोनिगले गरेको योगदानको मूल्यांकन गर्दै सन् १९७० अप्रिल २२ मा उनको जन्म दिन ‘बर्थ डे’लाई नै ‘अर्थ डे’ को रुपमा मनाउन थालिएको थियोे । यस वर्ष ‘Invest in our Planet’ ‘Invest in a better future for our planet by tackling pressing environmental issues such as climate change, biodiversity loss, and waste reduction.’ जलवायु परिवर्तन, जैविक विविधताको नोक्सानी तथा फोहरको न्यूनिकरण जस्ता कार्यमा सहयोग गरेर पृथ्वीका लागि समय लगानी गरौं ।

आउने पीँढीका लागि स्वस्थ्य पृथ्वीको निर्माणका लागि प्रत्येक ब्यक्तिले सहयोग र योगदान गरौं । परापूर्वकालदेखि नै हामी धर्तीलाई माताका रुपमा सम्झदै पूज्ने गर्दथ्यौं । हामीमा हाम्रो धर्तीमाता नै जीवनको आधार हो भन्ने ज्ञान छ । तसर्थ यस धर्तीमाताको रक्षार्थ हामीले धेरै केही नगरे पनि साना साना केही कार्य गर्न सक्दछौं । हामी कमसेकम फोहर कम गराउन सक्दछौं । कमसेकम रुखहरु रोपेर भए पनि पर्यावरणमा सहयोग गर्न सक्दछौं ।

हामी हाम्रा सवारी साधनलाई कमसेकम गुडाएर तथा बढीभन्दा बढी हिडेर वा सार्वजनिक साधनको उपयोग गरेर कार्वन उत्सर्जन घटाउन सहयोग गर्न सक्दछौं ।

प्रतिक्रिया