सोमबार, जेठ २७, २०८२

ईदको बिदाबारे गृह मन्त्रालयले के भन्याे ?

नेपालखोज २०८० वैशाख ९ गते १९:३६

काठमाडाैं । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको सन्दर्भमा विज्ञप्तिमार्फत स्पष्ट गरेको छ ।

मुस्लिम आयोगले वैशाख ८ गते शुक्रबार चन्द्रमा देखिएमा ९ गते ईद उल फित्र मनाइने तथा ८ गते शुक्रबार चन्द्रमा नदेखिएमा रमजानको ३०औं दिन स्वतः व्रत सम्पन्न हुने भएकोले सोही बमोजिम सार्वजनिक बिदाको घोषणाका लागि अनुरोध गरेको मन्त्रालयले जनाएको छ । 

सोहीअनुसार वैशाख ८ गते साँझ चन्द्रमा देखिएकोले आज वैशाख ९ गते शनिबार सार्वजनिक बिदाकै दिन ईद परेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया