एसीसी प्रिमियर क्रिकेटमा आज दुई खेल हुँदै
नेपालखोज
२०८० वैशाख १० गते ८:४७

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा युएई र र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा ओमान र मलेसिया बीच प्रतिस्पर्धा हुनेछ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। हिजो भएका खेलमा साउदी अरेबिया र कुवेत विजयी भएका थिए ।
साउदी अरेबियाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेर बिजयी भएको हो ।
सम्बन्धित

प्रतिक्रिया