सोमबार, जेठ २७, २०८२

उपनिर्वाचन अपडेट : मध्याह्नसम्ममा ३० प्रतिशतभन्दा बढी मत खस्यो

नेपालखोज २०८० वैशाख १० गते १३:०८

काठमाडौं । प्रतिनिधिसभामा रिक्त प्रत्यक्षतर्फका ३ सीट पदपूर्तिका लागि चितवन, बारा र तनहुँमा उपनिर्वाचन जारी छ ।

बिहान ७ बजेदेखि शुरू भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । निर्वाचन आयोगका अनुसार मध्याह्न १२ बजेसम्म समग्रमा ३० प्रतिशतभन्दा बढी मतदान भएको छ । आयोगका अनुसार चितवन- २ मा सबैभन्दा बढी ३६ प्रतिशत, बारा- २ मा २५ प्रतिशत र तनहुँ- १ मा ३० प्रतिशत मतदान भएको छ ।

चितवनको एक मतदान केन्द्रमा सामान्य विवाद देखिएको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । ‘बारामा केही मतदान केन्द्रमा भएको विवादलाई साम्य पार्न तथा निर्वाचनलाई निष्पक्ष बनाउन थप सुरक्षाकर्मी परिचालन गरिएको छ,’ अर्यालले भने, ‘अहिले त्यहाँ सबै केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको छ ।’

‘कुनै मतदान केन्द्रमा २० प्रतिशत, त कुनै केन्द्रमा २५ प्रतिशत, त कुनै केन्द्रमा ४० प्रतिशतसम्म मतदान भएको छ,’ अर्यालले थपे,’समग्रमा १२ बजेसम्म औसतमा ३० प्रतिशतभन्दा बढी मतदान भएको छ ।’

प्रतिक्रिया