आइतबार, जेठ ६, २०८१

को बन्ला हिमालय लोकस्टार ?

नेपालखोज २०८० वैशाख ११ गते १४:२७

काठमाडौं । आगामी बुधबार हिमालय लोकस्टारले विजेता छनोट गर्नेछ । उपाधिका लागि ६ जना प्रतिस्पर्धी भिड्दैछन् । जसमा बलराम विश्वकर्मा, सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्ती मगर र पीएन साइँला हुन् ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा बुधबार बेलुका साढे ५ बजे ग्राण्ड फिनाले आयोजना हुँदैछ जसमा कृष्ण कँडेलसहित टेलिभिजन कार्यक्रम इन्द्रेणीको समूहले पनि सांगीतिक प्रस्तुति दिने बताइएको छ । ग्राण्ड यो कार्यक्रममा सहभागी हुन दर्शकले टिकट काट्नुपर्ने छ ।

लोकस्टारमा सिनियर जजको रुपमा कुमार बस्नेत छन् भने राजु परियार, रामजी खाँड र कुलेन्द्र विश्वकर्मा जजको रुपमा छन् । सबै जजले फिनालेमा सांगीतिक प्रस्तुति दिने जनाइएको छ । लोकस्टारमा आफूलाई मनपर्ने प्रतियोगीलाई जिताउन दर्शकले भोट पनि गर्न सक्नेछन् ।

हिमालय लोकस्टार प्रत्येक मंगलबार र बुधबार राति ८ बजे हिमालय टिभी एचडीबाट प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया