सोमबार, जेठ २७, २०८२

उपनिर्वाचन नतिजा : स्वर्णीम, शिवचन्द्र र रविको अग्रता

नेपालखोज २०८० वैशाख ११ गते १६:१७

काठमाडौं । तनहुँ १ मा झन्डै आधा मतणना सकिएको छ। निर्वाचन क्षेत्रमा पर्ने ४२ वडामध्ये दिउँसो तीन बजेसम्म २२ वडाको मतगणना सकिएको हो।

गणना भएकामध्ये अधिकांश वडाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अन्य उम्मेदवारभन्दा बढी मत पाएका छन्।

अहिलेसम्म ३१ हजार २१९ मत गनिसक्दा स्वर्णिम वाग्लेले १५ हजार ९५८ मत ल्याएका छन्। नेपाली कांग्रेसका गोविन्द भट्टराईले ‍ ९ हजार १२० र एमालेका सर्वेन्द्र खनालले ५१६६ पाएका छन्।

उता, बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई पछि पार्दै अग्रता लिएका छन्।

जनमत पार्टीका कुशवाहाले ६ सय २८ मत ल्याएका छन्।

उनलाई पछ्याइरहेका जसपाका यादवले ५ सय ७१ मत ल्याएका छन्। त्यस्तै नेकपा ९एमाले० का पुरूषोत्तम पौडेलले ५ सय १० मत ल्याएका छन्। चौथोमा रहेका रास्वपाका रमेश खरेलले २ सय ३६ मत ल्याएका छन्।

यसअघि जसपाका यादवले सुरूआती अग्रता लिएका थिए।

यता, चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याइरहेका छन्।

कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्।

प्रतिक्रिया