लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी २४ गतेलाई ताेकियाे
नेपालखोज
२०८० वैशाख ११ गते १९:१८

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको सन्दीपका अधिवक्त सरोजकृष्ण घिमिरेले बताए ।
सरकारी वकिल र जाहेरवालाहरूको केही अधिवक्ताको वहस भएको र जाहेरवालाहरूले लामो वहस भएकाले आजको सुनुवाइ नभ्याइएको उनले बताए । अर्को पेसी २४ गतेलाई तोकिएको छ ।
सम्बन्धित

प्रतिक्रिया