चितवन २ मा रविले ४० हजार मत ल्याउदा जीत र रामको कति ?
नेपालखोज
२०८० वैशाख १२ गते ६:१०

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतान्तरलाई निकै फराकिलो पारेका छन् ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार उनले ४० हजार ६९ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले सात हजार ४५८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३२ हजार ६११ रहेको छ ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया