शुक्रबार, वैशाख १४, २०८१

मण्डलामा ‘म्याकबेथ म्यासाकर’

नेपालखोज २०८० जेठ ७ गते ६:२५

काठमाडौं । मण्डला नाटक घरमा विलियम सेक्सपियरको ‘म्याकबेथ’ माथि बनेको नाटक ‘म्याकबेथ म्यासाकर’ ओपरा सङ्गीतसहित मञ्चन भइरहेको छ । वान वर्ल्ड थिएटरकी संस्थापक डेबोरा मेरोलाले निर्देशन गरेको यो नाटक २ घण्टा ४५ मिनेट लामो छ ।

‘नाटकको भावनालाई सङ्गीतले उठाइदिएको थियो । त्यसैले हामीले सङ्गीत राख्ने योजनासहित अमेरिकाबाट ओपेराकै सङ्गीतकर्मीहरूलाई बोलायौँ’, निर्देशक मेरोलाले भने ।

अङ्ग्रेजी भाषाको यो नाटकमा विदेशीसँगै नेपाली कलाकार राजकुमार पुडासैनी, सजक राणा, शिशिर सिवाकोटी, पशुपति राई, सरोज अर्याल, सन अधिकारी, विजय आनन्द ताम्राकार, आशान्त शर्मा आदिले पनि अभिनय गरेका छन् ।

नाटकमा कलाकार पुडासैनी म्याकबेथ र कलाकार एन्डी डेभिस म्याकबेथ पत्नीका रूपमा प्रस्तुत भएकी छिन्। नाटकका कलाकार राईले नाटकसँग नेपाली दर्शक जोडिने बताए।

उनले भने, ‘नाटकमा सत्ताका लागि गरिने खिचातानी र त्यसले मानिसमा पार्ने प्रभाव देखाइएको छ । सामाजिक र राजनैतिक घटनाक्रम नेपाली समाजसँग पनि मिल्दो रहेको छ ।’

जेठ ५ बाट सुरु भएको यो नाटक जेठ १४ गतेसम्म मञ्चन हुने बताइएको छ ।

प्रतिक्रिया