आइतबार, जेठ २६, २०८२

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालखोज २०८० वैशाख १२ गते ९:५३

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित संसद भवनमा मंगलबार १० बजे कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

सोमबारबाट जारी बैठकमा आर्थिक बर्ष २०८०/८१ को बजेटका सन्दर्भमा छलफल भइरहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकले बताएका छन् ।

सोमबारको बैठकमा दलको नेता शेरबहादुर देउवाले बजेटबाट राय दिन सांसदलाई आग्रह गरेका थिए । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र र आगामी बजेटको आकारबारे बिफ्रिं गरेका थिए ।

सांसदहरुलाई तीन मिनेटमा आफ्नो राय राख्न भनिएको छ । सोमबार २० जना सांसदले आफ्नो राय राखेका थिए भने बाँकीले आज धारणा राख्ने छन् ।

प्रतिक्रिया