१३६ कोरोना संक्रमण थपिए
नेपालखोज
२०८० वैशाख १२ गते १६:३०

काठमाडौं। पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित पहिचान गरिएको छ ।
१ हजार ५९१ जनामा गरिएको नमुना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९० पुगेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ६४ जना संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित

प्रतिक्रिया