मुम्बईलाई गुजरातले ५५ रनले हरायाे

नेपालखोज २०८० वैशाख १३ गते ६:३६

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात जायन्ट्सले मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ । पाँचौं जितका साथ गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५२ रन मात्रै बनाउन सक्यो ।

गुजरात ७ खेलमा ५ मा जित र २ मा हारसहित दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ३ मा जित र ४ मा हारसहित सातौं स्थानमा छ । चेन्नई ७ खेलमा ५ मा जित र २ मा हारसहित शीर्ष स्थानमा छ ।

समान ८ अंक भएपनि नेटरनरेटका कारण राजस्थान तेस्रो, लखनऊ चौथो, बेंगलोर पाँचौं र पन्जाब छैटौं स्थानमा छन् । गुजरातले अव शनिबार कोलकातासँग खेल्नेछ । मुम्बईले आइतबार राजस्थान रोयल्ससँग खेल्नेछ ।

प्रतिक्रिया