शुक्रबार, वैशाख १४, २०८१

मेन्छियाम हाइड्रोपावरको प्राथमिक शेयर बाँडफाँड

नेपालखोज २०८० वैशाख १३ गते १२:३२

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको सर्वसाधारणलाई निष्काशन गरिएको प्राथमिक शेयर बाँडफाँड भएको छ ।

एन आई सी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मेन्छियाम हाइड्रोपावर लिमिटेडको जारी पूँजी ४५ करोड २५ लाख ८३ हजार तीन सय रुपैंयाँको ३० प्रतिशत अर्थात १६ करोड २७ लाख ७५ हजार रुपैंयाँ बराबरको एक एक सय रुपैयाँ अंकित दरको १६ लाख २७ हजार सात सय ५० कित्ता सेयर सर्वसाधारणहरुको लागि निष्काशन गरिएको शेयर मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात पाँच करोड ४२ लाख तीन सय रुपैंयाँ बराबरको पाँच लाख ४२ हजार पाँच सय ८३ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्काशन गरी रितपुर्वक शेयर खरिद आवेदन प्राप्त पाँच लाख पाँच हजार सात सय ८० कित्ता सेयर सम्बन्धित आवदेकहरुलाई बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८५ लाख १६ हजार सात सय रुपैंयाँ बराबरको १० लाख ८५ हजार एक सय ६७ कित्ता सेयर मध्ये एक लाख आठ हजार पाँच सय १७ कित्ता सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई निष्काशन गरिएको तथा सामूहिक लगानी कोषहरुलाई छुट्याइएको ५६ हजार ९९ कित्ता सेयर र कर्मचारीहरुलाई २२ हजार चार सय ३९ कित्ता शेयर समेत सुरक्षित गरी बाँकी नौं करोड ३४ लाख ९१ हजार पाँच सय रुपैंयाँ बराबरको नौं लाख ३४ हजार नौं सय १५ कित्ता सेयर यही बैशाख चार गते देखि यही बैशाख सात गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

उक्त साधारण शेयर निष्काशनमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पुर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट निम्न बमोजिम आवेदन परेको र प्राप्त आवेदनको प्रशोधन गरि सोको बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ । निष्काशनको समयमा सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट जम्मा १२ लाख ४४ हजार तीन सय ८५ जना आवेदकहरुबाट जम्मा एक करोड ३७ लाख २० हजार ३० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएकोमा सो मध्ये सम्बन्धित सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट विभिन्न कारणबाट ६५ हजार छ सय ४६ जना आवेदकहरुबाट १० लाख ८३ हजार एक सय ६० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरे पश्चात् जम्मा ११ लाख ७८ हजार सात सय ३९ जना आवेदकहरुबाट एक करोड २६ लाख ३६ हजार आठ सय ७० कित्ता शेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको थियो ।

साथै कर्मचारीहरुलाई सुरक्षित गरिएको जम्मा २२ हजार चार सय ३९ कित्ता शेयर मध्ये कर्मचारीहरुबाट जम्मा तीन हजार दुई सय ४० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको र सोही अनुसार बाँडफाँड गरी कर्मचारीहरुबाट शेयर खरिद आवेदन प्राप्त नभएको १९ हजार एक एक सय ९९ शेयर कित्ता समेत थप गरि जम्मा नौं लाख ५४ हजार एक सय १४ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गर्ने निर्णय गरिएको थियो ।

साथै, निष्काशन तथा बिक्री प्रबन्धकबाट प्राप्त आवेदनहरु रुजु गर्दा छ सय ४८ जना आवेदकबाट हजार सात सय ३० कित्ता शेयर खरिदको लागि दोहोरो आवेदन प्राप्त भएको, छ सय ६७ जना आवेदकहरुबाट प्राप्त आठ हजार दुई सय ७० कित्ता शेयर स्थानिय बासिन्दाहरुलाई निष्काशन गरेको समयमा शेयर आवेदन गरेको र बाँडफाँडमा समेत शेयर पर्न सफल भएको र तीन हजार ९६ जना आवेदकहरुबाट प्राप्त ३९ हजार छ सय कित्ता शेयर बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको समयमा शेयर आवेदन प्राप्त भई बाँडफाँडमा समेत शेयर पर्न सफल भएको आवेदकहरु समेत गरी जम्मा चार हजार पाँच सय ११ जना आवेदकहरुबाट प्राप्त ५५ हजार छ सय कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रितपूर्वक नदेखिएको हाे ।

उक्त आवेदनहरुलाई रद्द गरी रितपूर्वक प्राप्त जम्मा ११ लाख ७४ हजार दुई सय २८ जना आवेदकहरुबाट प्राप्त जम्मा एक करोड २५ लाख ८१ हजार दुई ७० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ता देखि पाँच सय कित्ता शेयर आवेदन गर्ने ९५ हजार चार सय ११ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ता शेयरको दरले जम्मा नौं लाख ५४ हजार एक १० कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको चार कित्ता शेयर २० कित्तादेखि पाँच हजार कित्ता शेयर आवेदन गर्ने आवेदकहरु मध्ये शेयर पर्न सफल आवेदकहरुलाई पूनः गोलाप्रथाको माध्यमबाट थप एक कित्ता शेयरका दरले चार जना आवेदकलाई निष्काशन तथा बिक्री प्रबन्धक, निष्काशनकर्ता कम्पनी, नियमनकारी निकायका प्रतिनिधीहरु र प्रोफेशनल कम्प्युटर सिस्टम प्रा.लि. का प्रतिनिधि लगायत सर्वसाधारण लगानीकर्ताहरुको उपस्थितिमा कर्मचारीहरुबाट माग नभएको शेयर समेत गरि जम्मा नौं लाख ५४ हजार एक सय १४ कित्ता साधारण शेयर बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया