आइतबार, जेठ ६, २०८१

बहराइन ११६ रनमा अलआउट

नेपालखोज २०८० वैशाख १३ गते १४:२०

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा बहराइनले युएईलाई ११७ रनको लक्ष्य दिएको छ ।

मूलपानी मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको बहराइन ४० दशमलब ५ ओभरमा ११६ रनमा अलआउट भयो ।

जसमा अलि दवडले २३ ,कप्तान हैडर बटले २३ रनको योगदान गरे । युएईका आयन खानले ४ विकेट लिए ।

सेमिफाइनल पुग्न दुवै टिमलाई आजको जित आवश्यक रहेको छ ।

युएई विजयी भए सेमिफाइनल पुग्ने छ भने बहराइन विजयी भए कुवेत र हङकङबीचको खेल कुर्नु पर्ने छ ।

प्रतिक्रिया