आइतबार, जेठ ६, २०८१

युएई सेमिफाइनल प्रवेश

नेपालखोज २०८० वैशाख १३ गते १५:०६

काठमाडौं । युएई एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बहराइनलाई ८ विकेटले पराजित गर्दै युएई सेमिफाइनलमा पुगेको हो ।

जितका लागि पाएको ११७ रनको लक्ष्य युएईले २७ दशमलब ४ ओभरमा पुरा गर्यो । जसमा वृत अरबिन्दले ६२ र रोहन मुस्तफाले ५० रनको अविजित पारि खेले ।

त्यसअघि मूलपानी मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको बहराइन ४० दशमलब ५ ओभरमा ११६ रनमा अलआउट भयो । जसमा अलि दवडले २३ ,कप्तान हैडर बटले २३ रनको योगदान गरे ।

युएईका आयन खानले ४ विकेट लिए ।

प्रतिक्रिया