सोमबार, असार २३, २०८२

वायु प्रदूषण रोक्न सहयोगी हुन्छन् परम्परागत रुख

नेपालखोज २०८० वैशाख १४ गते ६:२४
प्रतीमात्मक तस्बिर

काठमाडाैैं । कुनै समय सबैले आफ्नो घरको आँगनमा आँप, नीम, पिपल जस्ता रुख रोप्दथे । पिपल र बर आज पनि गाउँ – सहरमा पुजिन्छ । यद्यपि समय बदलिएसँगै घर–आँगनमा यी रुखको ठाउँ पाम जस्ता सजावटी रुखले लिएका छन् । समयसँगै यी रुखहरू सडकबाट पनि बिस्तारै लोप हुँदै गएका छन् ।

नीम, पिपल जस्ता स्थानीय रूखहरूले वायु प्रदूषण रोक्न मद्दत गर्न सक्छन् । एउटा नयाँ अध्ययनले देखाए अनुसार केही रूख तथा बालीले प्रदूषकहरू अवशोषित र फिल्टर गरेर बढ्दो वायु प्रदूषणको प्रभावहरूलाई कम गर्न मद्दत गर्छन । करेन्ट साइन्स जर्नलमा प्रकाशित उक्त अध्ययनले पिपल, नीम, आप जस्ता रूखहरूका साथै मकै, केराउ (मटर ) जस्ता बाली यस्ता प्रदुषीत क्षेत्रका लागि बढि उपयुक्त छन ।

पीपलमा एस्कोर्बिक एसिडको उच्चतम स्तर हुन्छ भने त्यसपछि आपका रूखहरू छन जुन प्रदूषण कम गर्न सबैभन्दा सक्षम र सफल छन । अनाजतर्फ मकैमा एस्कर्बिक एसिडको स्तर सबैभन्दा बढी हुन्छ । तेलहनमा आलसको बीउमा एस्कर्बिक एसिडको स्तर राम्रो रहन्छ । त्यसैगरी दलहनमा रहर तथा हरियो मटरमा एस्कर्बिक एसिड सबैभन्दा बढी पाइन्छ । बढ्दो वायु प्रदूषण गम्भीर चिन्ताको विषय भएकाले वायु प्रदूषणप्रति कम संवेदनशील र यसलाई राम्रोसँग सामना गर्न सक्ने रुख र बाली छनोट गर्नु अहिलेको आवश्यकता पनि हो ।

यी बालीनाली वायु प्रदूषण नियन्त्रण गर्ने राम्रो पर्यावरण-मैत्री बालीनाली हुन् , किनभने यी परम्परागत बनस्पतिले वायुमण्डलबाट प्रदूषकहरूलाई कम गर्न वा हटाउन काम गर्छन् । यसका लागि प्रदूषण सम्बन्धका बिज्ञहरु सहर भित्र तथा वरपर हरियो बेल्ट बनाउन अनि नीम, शीसम पिपल , शिरिष जस्ता रूखहरू रोप्न सिफारिस गर्छन् ।

कोभिड–१९ को महामारी र लकडाउनका कारण वायु प्रदूषणमा केही कमी आएपनि हाल यो भयावह अवस्थामा पुगेको कुरा काठमाडौं , बिरगंज , कलैया जस्ता ठाउँ संसारकै सर्वाधिक प्रदुशीत ठाउँमा पुगे बाट पुस्टि हुन्छ । त्यसैले पनि यो बिषयमा सबै सचेत हुनु आवश्यक छ ।

प्रतिक्रिया