आइतबार, वैशाख २३, २०८१

युक्रेन युद्धका कारण ४८ लाख मानिस बेरोजगार

नेपालखोज २०८० वैशाख १५ गते ८:०९

काठमाडौं । भनिन्छ युद्धले कसैको भलो गर्दैन । युक्रेन माथिको रुसी हमलाले पनि यही कुरा साबित गर्दै छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) द्वारा जारी एक विश्लेषण अनुसार युक्रेन माथि रुसी आक्रमण सुरु भए यता अहिलेसम्म लगभग ४८ लाख मानिसको रोजगारी खोसिएको छ ।

यो युद्ध अघिको कुल रोजगारीको लगभग ३० प्रतिशत हो । यति मात्र होइन, यो द्वन्द्व यसरी नै चलिरहे ७० लाख रोजगारी गुम्न सक्ने राष्ट्रसङ्घीय निकायले जनाएको छ । जसका कारण करिब ४३ दशमलव ५ प्रतिशत मानिस बेरोजगार हुने जनाइएको छ ।

युद्ध तत्काल रोक्ने हो भने यस्तो अवस्था छिट्टै समाधान हुने सम्भावना पनि विश्लेषणमा व्यक्त गरिएको छ । यदि त्यस्तो भए यसबाट ३४ लाख रोजगारी पुनः स्थापना हुने र रोजगारी गुमाउनेलाई ८.९ प्रतिशतमा सीमित गर्न सकिने अनुमान छ ।

२४ फेब्रुअरी २०२२ मा सुरु भएको रुसी आक्रमणपछि युक्रेनको अर्थतन्त्रमा गम्भीर असर परेको छ ।

यस अवधिमा ५२ लाखभन्दा बढीले छिमेकी मुलुकमा शरण लिएका छन् जसमा अधिकांश महिला, बालबालिका तथा ६० वर्षभन्दा माथिका वृद्ध वृद्धा छन् ।

कूल शरणार्थीमध्ये करिब २७ लाख कामदार उमेरका मानिस भएको बताइन्छ । अनुमान अनुसार ती मध्ये ४३ प्रतिशत पहिले काम गरिरहेका थिए भने उनीहरू आफ्नो जागिर छोडेर शरणार्थी बन्न बाध्य भए ।

बेरोजगारी युक्रेनमा मात्र नभई अन्य देशहरूमा पनि

अहिले युक्रेन सरकारले राष्ट्रिय सामाजिक सुरक्षा प्रणालीलाई निरन्तरता दिन हर सम्भव प्रयास गरिरहेको छ । यसअन्तर्गत आन्तरिक रूपमा विस्थापित भएकाहरूलाई सहयोग पुर्याउने प्रयास पनि भइरहेको छ ।

यता युक्रेनमा व्याप्त यो सङ्कटले छिमेकी मुलुक हंगेरी, मोल्डोभा, पोल्याण्ड, मानिया र स्लोभाकियामा पनि रोजगारीलाई असर गरेको छ ।

यदि लामो समयसम्म द्वन्द्व जारी रह्यो भने यसले युक्रेनी शरणार्थीहरू आवतजावत गर्ने छिमेकी देशहरूको रोजगारी र उनीहरूको सामाजिक सुरक्षा प्रणालीमा दीर्घकालीन असर पर्ने आईएलओले जनाएको छ। यस्तो अवस्थामा केही देशमा बेरोजगारी बढ्न सक्छ ।

युक्रेन सरकारले आफ्ना नागरिकलाई युद्धमा सामेल हुन अपिल गर्नुपरेको तथ्यबाट युद्धको अवस्था कति खराब छ भन्ने अनुमान गर्न सकिन्छ ।

विडम्बना युक्रेनका वैज्ञानिकहरू जसको प्रयोगशालामा पेन र टेस्ट ट्युबहरू थिए अहिले उनीहरूको हातमा घातक हतियारहरू छन् । अर्कातर्फ रुसको आर्थिक क्षेत्र तथा रोजगारीमा आएको अवरोधको असर मध्य एसियाका ती देशहरूमा पनि देख्न सकिन्छ, जसको अर्थतन्त्र रुसमा निर्भर छ ।

यसबाट खासगरि काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान तथा उज्वेकिस्तान जस्ता देश प्रभावित भएका छन् । उल्लेखनीय कुरा के छ भने ठुलो सङ्ख्यामा मानिस रोजगारीका लागि रुसमा पुग्छन् ।

उनीहरूले आफ्नो आम्दानीको ठुलो हिस्सा आफ्नो देशमा पठाउँछन् तर यो प्रक्रिया युद्धका कारण प्रभावित भएको छ ।

प्रतिक्रिया