आइतबार, जेठ ६, २०८१

जापानका वृद्ध फुटबल खेलाडीमा उत्साह

नेपालखोज २०८० वैशाख १५ गते १२:२३

धेरै पेशेवर फुटबलरले ३० वर्षको उमेरपछि सन्यास लिइसकेका हुन्छन् तर जापानका वरिष्ठ फुटबलरले ८० वर्षको उमेर नाघेपछि पनि फुटबल छाडेनन् ।

८३ वर्षीय मुत्सुहिको नोमुरा जापानी राष्ट्रिय टिमका पूर्व फुटबलर हुन् । उनी हालै जापानमा ८० वर्षभन्दा माथिका मानिसहरूका लागि सुरु गरिएको ‘सकर फर लाइफ लिग’ वा एसएफएलमा खेलिरहेका छन् ।

जापानको जनसङ्ख्यामा अहिले वृद्धवृद्धाहरूको संख्या तीव्र रूपमा वृद्धि हुँदैछ भने यहाँका वृद्धवृद्धाहरू अहिले सक्रिय जीवन बिताउन फुटबलको सहारा लिइरहेका छन्।

मुत्सुहिको नोमुरा आफू तथा श्रीमती जुन्को (८० वर्ष ) १९९८ मा विश्वकप हेर्न फ्रान्स पुगेको पुराना तस्बिरहरू देखाउँछन् । नोमुरा हाईस्कूलमा उत्कृष्ट खेलाडी मानिन्थे र उनले जापानको राष्ट्रिय टिममा समेत स्थान बनाए । नोमुरा भन्छन्, ‘जब म सानो थिएँ त्यतिबेला पचास- साठि वर्षका पुरुषलाई हजुरबुबा मानिन्थ्यो।’

शिन्गो शिओजावा एसएफएल का गोलकिपर हुन् र ९३ वर्षको उमेरमा पनि उनि फुटबलको प्रशिक्षण लिन्छन्। फुटबलले उनलाई धुम्रपान छोड्न प्रेरित गर्‍यो भने अरु रोग निको पार्न पनि मद्दत गर्‍यो ।

टोकियोको निहोन सकर ओबी क्लबमा दैनिक कडा प्रशिक्षण गराइन्छ । त्यहाँ फुटबल खेल्न पुग्नेहरुको औसत उमेर ७७ वर्ष छ। फुटबलजस्ता प्रतिस्पर्धात्मक खेल कुनै समय देशका वृद्धवृद्धाका लागि निषेधित मानिन्थ्यो । यो उमेरमा यी वृद्धहरू फुटबल खेल्छन् तर कहिलेकाहीं उनीहरूले चुनौतीको सामना पनि गर्नुपर्छ। जस्तै घुँडा दुख्ने र दौडदा सास भारी हुने, सास फेर्न गारो हुन जस्ता समस्याहरू ।

नोमुरा आफ्नी छोरी तथा नातिनीसँग फुटबलको अभ्यास गर्छन । उनी सप्ताहन्तमा केही एक्रोबेटिक्स पनि देखाउन मन पराउँछन्। उनकी ४८ वर्षीया छोरी युरिकोले भनिन्, ‘म कहिलेकाहीँ सिनियरहरू खेल्छु र यसले मलाई अझ मेहनत गर्नुपर्छ भन्ने महसुस गराउँछ।’

प्रतिक्रिया