सोमबार, वैशाख २४, २०८१

‘लभ पर्ला जस्तो छ’ भन्दै छमछम नाचे प्रियंका र नाजिर

नेपालखोज २०८० वैशाख १६ गते १७:१४

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक संगम शेर्मा लिम्बुको स्वरमा तयार ‘लभ पर्ला जस्तो छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको, एरेन्ज दिवेश राईको र मिक्स तथा मास्टरिगं किशोर थापाको रहेको छ ।

छमछम नचाउने शैलीको लोकपप गीतमा चर्चित नायिका प्रियंका कार्की र नायक नाजिर हुसेनले अभिनय गरेका छन् । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतले एक प्रेमील जोडीको प्रेम कथालाई कलात्मक शैलीमा निर्देशक दिनेश माङ्मु लिम्बुले भिडियो तयार पारेका हुन् ।

राजीव समरको कोरियोग्राफी रहेको गीतको सम्पादन र कलर अनिल राना, छायांकन अर्जुन तिवारीले गरेका हुन् । भिडियो नेपाल मिडिया ग्रुपको लाइन एप्सका माध्यमबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया