साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?

नेपालखोज २०८० वैशाख १६ गते १९:३३

नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।

१, वैशाख १० को उपनिर्वाचनबाट चितवन २ मा रवि लामिछाने, तनहुँ १ मा डा. स्वर्णीम वाग्लेबारा २ मा उपेन्द्र यादव निर्वाचित भए ।

२, खनिज तत्व र नुन आदिबाट मृगौलामा बनेकोे ढुङ्गा जस्ताे कठोर डल्लोलाई मृगौलाको पत्थरी भनिन्छ। हुनत मृगौलाको पत्थरी हुनमा धेरै कारक तत्वहरू जिम्मेबार छन् तर हामीले खाने खानेकुराहरूको भूमीका ती सबै कारक तत्वहरू मध्ये मूख्य मानिएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

३, गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा जिल्लाका मात्र चार सय ७१ जनाको निधन भएको थियो । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

४, पोखरा महानगरपालिका १८ को वडाध्यक्ष पदको निर्वाचनको मत गणना पुनः गर्ने उच्च अदालत पोखराको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

५, प्रतिनिधिसभाकाे विषयगत समिति गठन गरिएकाे छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

६, अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलाबाट आन्दोलन सुरु गरेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

७, केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुने क्रम बढिरहेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

८, खलिस्तान समर्थक अमृतपाल सिंह भारतकाे पन्जाबबाट पक्राउ परेका छन् । शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले (वारिस पन्जाब दे) संगठनको नामबाट गतिविधि गर्दै आएका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

९, एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । खेल नतिजा विहीन भएपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया