चर्च ब्वाइजको जित

नेपालखोज २०८० वैशाख १७ गते १९:००

काठमाडौं । जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लब विजयी भएको छ । एन्फा मैदानमा भएको खेलमा चर्च ब्वाइजले मनाङ मर्सयाङ्दीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

चर्च ब्वाइजको जितमा अनन्त तामाङ, मौसम सुब्बा र साइमोन लिम्बूले एक एक गोल गरे । अनन्त तामाङले ४१ औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलएका थिए ।

५४ औं मिनेटमा मौसम सुब्बाले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा साइमन लिम्बूले गोल गरेपछि चर्च ब्वाइज ३–० को सहज जित निकाल्न सफल भयो ।

प्रतिक्रिया