आइतबार, जेठ ६, २०८१

पानी नरोकिए नेपाल र यूएईबीचको खेल के हुन्छ ?

नेपालखोज २०८० वैशाख १८ गते १४:१२

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित बनेको छ ।

टीयु क्रिकेट मैदानमा सामान्य वर्षा जारी छ । टियुमा पिच, ३० र्यार्ड र मैदानको अधिकाम्स भाग कभरले ढाकिएको छ । वर्षा तीन बजे सम्म रहने मौसम पूर्वाअनुमान गरिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको छ । आज खेल हुनलाई कम्तिमा तीन बजे वर्षा रोकिनु पर्ने हुन्छ । मैदानको अधिकांश भागमा कभरले ढाकिएको हुँदा यदि वर्षा रोकिएमा आज पुन खेल हुने सम्भावना रहन्छ ।

त्यस्तो अवस्थामा ओभर घटाएर खेल खेलाउने संभावना रहन्छ । आज नेपालले २० ओभर ब्याटिङ गर्ने सम्भवना नरहे आज खेल हुदैन । आज राकिएकै स्कोरबाट खेल मंगलबार हुनेछ । मंगलबार पनि वर्षाको सम्भावना छ ।

यदि मंगलबार नेपालले २० ओभर पनि ब्याटिङ गर्न सकेन भने अन्तिम विकल्प सुपर ओभर हुनेछ । सुपर ओभर पनि वर्षाको कारण हुन नसके ओडिआई वरियताको कारण नेपाल एसिया कपमा पुग्नेछ । नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छन् ।

प्रतिक्रिया