मौलाकाली केबलकार सञ्चालनमा, प्रधानमन्त्रीले गरे उद्घाटन
नेपालखोज
२०८० वैशाख १८ गते १४:२६

नवलपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरिकन देशले आर्थिक समृद्धि लिन नसक्ने बताएका छन्।
आज नवलपुरको गैँडाकोटमा मौलाकाली केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अहिले उत्पादन वृद्धि, रोजगार सृष्टि गर्ने कुरालाई सरकारले जोड दिएको बताए।
उत्पादन वृद्धि र रोजगार सृष्टि गर्ने विषय आजको युगमा सरकारले पूरा गर्न नसक्ने भन्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रसँगले गर्ने काममा सरकारले वातावरण सिर्जना गरिदिने बताए ।
सम्बन्धित

प्रतिक्रिया