शनिबार, जेठ ५, २०८१

अब ट्वीटरमा समाचार पढ्न पैसा तिर्नुपर्ने

नेपालखोज २०८० वैशाख १८ गते १४:५३

एजेन्सी । आगामी महिनादेखि ट्वीटरमा समाचार पढ्न पैसा तिर्नुपर्ने लागू हुने भएको छ ।

ट्वीटरका सीईओ एलन मस्कले प्रयोगकर्ताहरुलाई शनिवार एक नयाँ ट्वीट गर्दै आगामी महिनादेखि ट्वीटरमा कुनैपनि समाचार सामाग्री तथा आलेख पढ्नका लागि प्रयोगकर्ताबाट शुल्क लिने अनुमति मिडिया प्रकाशकहरुलाई प्रदान गरिने बताएका छन् ।

उनका अनुसार प्रयोगकर्ताहरुबाट प्रति आलेखको आधारमा शुल्क लिइनेछ र यदि उनीहरुले मासिक सदस्यताका लागि साइन अप नगरेमा उनीहरुले महंगो शुल्क तिर्नुपर्नेछ । उनका अनुसार यसबाट प्राप्त सबै आम्दानी सामाग्री सर्जक तथा प्रकाशकहरु सँग जानेछ । अर्थात् यो रकमको कुनैपनि हिस्सा ट्वीटरले राख्नेछैन ।

मस्कका अनुसार यो फिचर सुरु भएसँगै मिडिया प्रकाशकहरुले प्रति सामाग्रीको आधारमा एक क्लिकमै प्रयोगकर्ताहरुबाट शुल्क लिन पाउनेछन् । यो नयाँ नियम मिडिया संस्था तथा आम नागरिक सबैको ठूलो जितको रुपमा रहेको पनि जिकिर गरेका छन् ।

यसअघि मस्कले निशुल्क भेरिफाइड अकाउन्टहरुबाट ब्लू टिक हटाउने घोषणा गरेका थिए । साथै ब्लू टिक सब्सक्रिप्सन नगर्ने प्रयोगकर्तालाई ब्लू टिक प्राप्त नहुने भन्दै गत अप्रिल १२ मा उनले एक ट्वीट गरेका थिए । जस अनुसार अप्रिल २० देखि निशुल्क रुपमा प्राप्त लिगेसी ब्लू टिक हटाउन सुरु गरिएको थियो ।

प्रतिक्रिया