बिहीबार, जेठ २, २०८२

पाँच करोड जनता अझै पनि आधुनिक दासत्वको चपेटामा

नेपालखोज २०८० वैशाख १८ गते १६:००
Photo ilo

संयुक्त राष्ट्रसंघको हालैको एक प्रतिवेदनले विश्वभर ५ करोड मानिस अझै पनि कुनै न कुनै प्रकारको दासत्वमा रहेको दाबी गरेको छ । यसमा जबरजस्ती श्रममा परेका महिला देखि जबरजस्ती विवाह गराईएका महिलाहरु बढि छन् । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा आधुनिक दासप्रथा उन्मूलन गर्ने लक्ष्य राखेको छ तर नयाँ प्रतिवेदनअनुसार सन् २०१६ देखि २०२१ सम्ममा जबर्जस्ती श्रम र जबरजस्ती विवाहमा फसेका महिलाको संख्या १ करोड नाघेको छ ।

यो अध्ययन संयुक्त राष्ट्र संघको श्रम तथा अध्यागमन कार्यालयले वाक फ्री फाउन्डेसनसँगको सहकार्यमा गरेको हो । अध्ययनले सन् २०२१ को अन्त्यमा विश्वमा २८ करोड मानिस जबरजस्ती श्रममा रहेको र २२ करोड मानिस जबर्जस्ती विवाहमा बाँचिरहेको देखाएको छ । यसको अर्थ संसारमा प्रत्येक १५० जना मध्ये एक जना कुनै न कुनै आधुनिक दासत्वमा फसेको छ।

कोभिड-१९ ले दासत्व बढायो

जलवायु परिवर्तन र हिंसात्मक द्वन्द्वको प्रभावसँगै कोभिड-१९ ले “रोजगारी र शिक्षामा अभूतपूर्व प्रभाव पारेको छ, चरम गरिबी र जबरजस्ती, असुरक्षित आप्रवासन बढेको छ।” यसरी महामारीले दासत्वमा फस्ने जोखिम पनि बढाएको छ । प्रतिवेदन अनुसार आप्रवासी कामदारहरू सामान्य कामदारको तुलनामा तीन गुणा बढी जबरजस्ती श्रममा पर्ने सम्भावना छ। त्यसैले अध्यागमनलाई सुरक्षित बनाउन जरुरी छ ।

प्रतिवेदनका अनुसार यो दीर्घकालीन समस्या हो । अनुमान अनुसार मानिसहरू वर्षौं देखि जबरजस्ती श्रममा फसेका छन् र जबरजस्ती विवाह प्रायः “आजीवन कारावास” सजाय जस्तो हुन्छ। प्रतिवेदनमा जबरजस्ती श्रममा परेका प्रत्येक पाँच जनामध्ये एकजना बालबालिका भएको पनि बताइएको छ यसमा आधाभन्दा बढी बालबालिका व्यावसायिक यौन शोषणमा फसेका छन् । मुख्यतया महिला र केटीहरू जबर्जस्ती विवाहमा फसेका छन् । २०१६ यता त्यस्ता महिला तथा केटीहरूको संख्या ६६ लाखले बढेको छ।

धनी देशहरूमा पनि दासत्व

आधुनिक दासत्व हरेक देशमा छ । आधाभन्दा बढी जबरजस्ती श्रम र एक चौथाइभन्दा बढी जबर्जस्ती विवाह उच्च-मध्यम आय तथा उच्च आय भएका देशहरूमा हुन्छन् ।

प्रतिवेदनले उत्तर कोरियामा “अत्यन्त कठोर परिस्थितिमा जबरजस्ती श्रमको विश्वसनीय रिपोर्टहरू” रहेको संयुक्त राष्ट्र मानवअधिकार निकायले उठाएको चिन्तालाई पनि औंल्याएको छ । यसैगरि चीनको सिनजियाङलगायत अरु थुप्रै क्षेत्रमा जबर्जस्ती श्रमको सम्भावना छ। – AAFP

प्रतिक्रिया