मंगलबार, वैशाख २५, २०८१

महान चित्रकारको स्मृति दिवस

नेपालखोज २०८० वैशाख १९ गते ९:३०

काठमाडौं । मोनालिसाका चित्रकार लियोनार्दो दा भिन्चीको ५०४औ पुण्य तिथि । सन १५१९ को मई २ तारिखको दिन ६७ वर्षको उमेरमा उनको देहावसान भएको थियो ।

सन १४५२ मा इटालीको फ्लोरेन्स राज्यको भिन्ची गाउँमा जन्मनु भएका लियोनार्दो दा भिन्ची महान् चित्रकार, मूर्तिकार, इन्जिनियर, सङ्गीतकार, गणितज्ञ तथा वैज्ञानिक पनि थिए ।

उनको जन्म गरिब परिवारमा जन्मेका एक अविवाहित आमा क्याटरिनाबाट भएको थियो । भिन्चीको जन्म पछि क्याटरिनाले लालन पालनका लागि आफ्नो छोरा पियरेलाई सुम्पेर आफूले एक गरिब युवकसँग विवाह गरेका थिए ।

भिन्चीले पनि जीवनभर विवाह गरेनन् । तर उनले पनि एक गरिब र अनाथ बच्चालाई धर्म पुत्र बनाएर पालेका थिए । तर भिन्चीले सोचे जस्तो उनको धर्मपुत्र भएनन् । उनको धर्म पुत्र चोरी गर्ने, अन्यसंग झगडा गर्ने हुँदै मूर्ख बने । अन्ततः आफ्नो आधा सम्पत्ति छोरालाई दिएर एक्लो जीवनयापन गरे ।

हुन त उनलाई पाल्ने बाबु पियरेले पनि भिन्चीलाई केही सम्पत्ति दिएका थिएनन् । तर भिन्चीले आफूले पालेको छोरालाई भने आधा सम्पत्ति दिएर छुटकारा लिएका थिए ।

उनले कति वटा चित्र कोरे भन्ने यकिन भएको छैन । कतिपय उनले कोरेका चित्र नष्ट भइसकेका छन् भने कतिपय भने अज्ञात नै रहेका छन् । उनका १५ वटा चित्रले भने उनी विश्व प्रख्यात बनेका छन् । उनले सन १५०५ मा बनाएको मोनालिसा सबैभन्दा प्रख्यात बन्यो ।

सन २०१७ को नवम्वर १५ मा उनको एउटा चित्र लिलामीमा राखियो । यो चित्र एक अज्ञात व्यक्तिले खरिद गरे । त्यसपछि यो चित्रको चर्चा संसार भर भयो । यो चित्रको मूल्यले संसारको सबैभन्दा महँगो चित्रको रूपमा नाम राख्न सफल भएको थियो । ६० वर्ष अगाडी केवल ५६ डलरमा बिक्री भएको थियो ।

ब्रिटिस संग्रहक फ्रान्सिक कुकको सङ्ग्रहमा रहेको यो चित्र कुकको नातिले केवल ५६ डलर ९४५ पाउन्ड०मा सन १९५८ मा बिक्री गरेका थिए । सन २००५ मा यो कृति १०००० डलरमा बिक्री भयो ।

यसमा अमेरिकी लिलाम संस्था क्रिस्टीको संलग्नता थियो । यसपछि पनि क्रिस्टिकै सहयोगमा धेरै पटक किनबेच भयो । अन्तमा जसलाई २०१७ मा आइपुग्दा ४५ करोड ३१ लाख २५ हजार डलरमा अज्ञात व्यक्तिले किने ।

यो महँगो कला थियो भिन्चीको साल्वटोर मुंडीू । वास्तवमा साल्वटोर मुंडी इसा मसिहको चित्र थियो । तथा भिन्चीको सम्भवतः अन्तिम चित्र पनि थियो । यो चित्रलाई प्रख्यात चित्र मोनालिसाको पुरुष रूप हो पनि भनिन्छ । दाहिने हातले क्रसको मुद्रा देखाएको छ भने बाँया हातले एउटा शिशाको गोलो त्रिस्टल समाएको छ ।

सन २०१९ मा भिन्चीको ५००औ पूण्यतिथी मनाउने क्रममा यो चित्र प्रदर्शन भएन । त्यसपछि अज्ञात रहेको यो चित्र गत वर्षको जुनमा एक पत्रकारले युवराजको व्यक्तिगत नौकामा सजाइएको देखे ।

अन्ततः सबैको खुलदुलीको विषय रह्यो आखिर निजी नौका (डुङ्गा)मा सजाउनको लागी साउदी युवराजले यति धेरै मूल्य किन तिरे होला रु

उनको जीवनको अन्तिम वर्षहरू भने फ्रान्समा बिताए । फ्रान्सका राजा फ्रैन्सिस प्रथमले उनलाई फ्रान्समा लिएर गएका थिए । जहाँ उनलाई बस्ने व्यवस्था मिलाइदिएका थिए ।

यही सन १५१९ मइ २ का दिन उनको जीवनको अन्त भयो । यही कारणले उनको महान् चित्र मोनालिसा आज पनि पेरिसको लुभ्र म्युजियममा सजिएको छ ।

हेरौँ भिन्चीको महान् कृति साल्वटोर मुंडीू र मोनालिसा का साथमा मोनालिसाका नेपालीकरणहरु :

प्रतिक्रिया