सोमबार, वैशाख २४, २०८१

‘वार ड्रामा १९१५ : लेजेन्ड अफ गोर्खाज’ रिलिज हुँदै

नेपालखोज २०८० वैशाख १९ गते १०:११

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको ‘वार ड्रामा १९१५ : लेजेन्ड अफ गोर्खाज’ आज देखि अमेजन प्राइममा रिलिज हुँदैछ । यसअघि गत भदौमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’ टाइटलमा नेपालमा प्रदर्शन भएको फिल्मले नाम परिवर्तन गरेर अमेजन प्राइममा जान लागेको हो ।

भिक्टोरिया कस पदक जित्ने पहिलो बेलायती गोर्खा सैनिक कुलवीर थापाको कथामा आधारित फिल्म वितरणको जिम्मा अमेरिकी कम्पनी एसएनआरले लिएको छ । बेलायत, अस्ट्रेलिया, जापान, ताइवान र दक्षिण कोरियामा फिल्म रिलिजको तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

फिल्म १९१५ को सेप्टेम्बर २५ मा बेलायती सेनाले फ्रान्सको लुसमा गरेको आक्रमणको घटनामा आधारित छ । उक्त युद्धमा घाइते भए पनि २६ वर्षीय राइफलम्यान कुलवीर थापा बाँच्न सफल भएका थिए । त्यसपछि घाइते अवस्थामै उनी पीडितको उद्धारमा खटिएका थिए ।

युद्धका क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बेलायती महारानीले उनलाई भिक्टोरिया क्रसले सम्मान गरेकी थिइन् । निर्देशक शाहीको लेखनमा बनेको फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, स्योन शाहीलगायतको अभिनय छ ।

फिल्मको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ हुन् भने मधु गुरुङ र प्रयास गुरुङ निर्माता हुन् ।

प्रतिक्रिया