शनिबार, जेठ ५, २०८१

ब्लूस्काई ट्विटरको विकल्प बन्न सक्ला ?

नेपालखोज २०८० वैशाख १९ गते १०:२०

एलोन मस्कले सोसल मिडिया प्लेटफर्म ट्विटर किनेदेखि यसका कतिपय प्रयोगकर्ता नयाँ विकल्प खोजिरहेका छन्। उनीहरूको खोज अब ब्लूस्काई बाट पूरा हुन सक्छ, जसलाई ट्विटर २.० पनि भनिन्छ । यो वितेका केही सातादेखि चर्चाको विषय बनेको छ ।

ब्लूस्काई ट्विटरका संस्थापक मध्ये एक ज्याक डोर्सी द्वारा बिकास गरिएको हो । ब्लूस्काई एउटा सामाजिक सञ्जाल हो जसले ट्विटर जस्तै अनेकौं सुविधा प्रदान गर्दछ । प्रयोगकर्ताहरूले यसमा छोटो सन्देश र फोटोहरू पोस्ट गर्न सक्छन् । यो फेब्रुअरीमा आईओएस उपकरणहरूमा पोर्ट गरिएको थियो ।

यो महिना यसलाई एन्ड्रोइड उपकरणहरूका लागि लन्च गरिएको छ । यसको लुक र फिचर्स ट्विटर जस्तै छन्। प्रयोगकर्ताहरूले यो प्लेटफर्ममा सन्देश र फोटोहरू सहित थप सुविधाहरू पाउनेछन्। ब्लूस्काई परियोजनाको उद्देश्य पर्दा पछाडिको इन्टरफेस सिर्जना गर्नु हो। यसमा प्रयोगकर्ताहरूले आफ्ना अन्य सामाजिक मिडिया प्रोफाइलहरू ब्लूस्काई सँग जोडन समेत सक्नेछन् ।

ब्लूस्काईका कार्यकारी अधिकारी जे ग्रेबरका अनुसार ट्विटरको विपरीत ब्लूस्काईको योजना एउटा विकेन्द्रीकृत प्रणाली प्रस्तुत गर्ने हो । ट्विटरमा ट्वीटहरू देखा पर्छन् र फोटोहरू इन्स्टाग्राममा देखा पर्दछ, तर ती सामाजिक सञ्जालहरू बीच सजिलै पोस्ट गर्न सकिँदैन। ब्लूस्काईले भने एउटा “खुला प्रोटोकल” प्रयोग गरेकोछ ।

यसले अन्य सामाजिक मिडिया प्लेटफर्महरू बीच पोष्टहरूलाइ सजिलै साझेदारी गर्न अनुमति दिन्छ । ब्लू स्काई हाल सामान्य प्रयोगकर्ताहरूको लागि उपलब्ध छैन । यो सार्वजनिक रूपमा उपलब्ध हुन केही समय लाग्नेछ । – thenewyorktimes

प्रतिक्रिया