शनिबार, जेठ ५, २०८१

आर्टिफिसियल इन्टेलिजेन्सीको प्रयोग, कति फाइदा-कति बेफाइदा ?

नेपालखोज २०८० वैशाख १९ गते ११:२१

काठमाडौं । दशकौंदेखि आर्टिफिसियल इन्टेलिजेन्स अस्तित्वमा रहेको र अनुसन्धान भइरहेको भए पनि ओपन एआई नामक कम्पनीले गत वर्ष सार्वजनिक गरेको च्याटजीपीटी र मिडजर्नी जस्ता सफ्टवेयरले आम जनजीवनमा क्रान्ति ल्याएको छ ।

यसरी प्रविधिहरूको बढ्दो लोकप्रियताले भने सरकारलाई तिनीहरूको असीमित क्षमताको बारेमा सोचनिय बनाएको छ र आर्टिफिसियल इन्टेलिजेन्सलाई नियन्त्रण गर्न नयाँ तरिकाहरू खोज्न बाध्य बनाएको छ ।

ईयु एआइ ऐनको मस्यौदामा संलग्न नेताहरू, साथै एलोन मस्कद्वारा समर्थित संस्थाले विश्व नेताहरूलाई एआइ लाई अराजकतामा फैलिनबाट रोक्नको लागि मिलेर काम गर्न आग्रह गरेका छन् । जी-सेभेन देशका प्रबिधि मन्त्रीहरू पनि आइतबार जापानमा एआई सम्बन्धी कानुनहरू बनाउन सहमत भए । यी कानुनहरू एआइबाट हुन सक्ने सम्भावित खतराहरूमा आधारित हुने स्पष्ट गरिएको छ ।

अब एआइ मानिसहरूको निकट छ, सबैले यसलाई सुरक्षित रूपमा प्रयोग गर्न र उत्पादकता र सेवाहरू् बढाउन गर्न यसको अद्भुत क्षमताको उपयोग गर्न सकून् भन्ने सुनिश्चित गर्न आवश्यक छ । च्याट जिपिटि एउटा यस्तो सफ्टवेयर हो जसले सबै प्रकारका काम गर्न सक्छ।

यो मोडेलले धेरै कार्यहरू जस्तै भाषा पहिचान, समानार्थी शब्द, अनुवाद, र वाक्य संरचनाको लागि काम गर्छ। यसको प्रयोग शिक्षा, कम्प्युटर विज्ञान, वित्त, स्वास्थ्य र मिडिया जस्ता धेरै क्षेत्रहरूमा प्रयोग गरिन्छ ।

सफ्टवेयरको लागि कोड लेख्ने र अनुवाद गर्नेदेखि लिएर च्याट जिपिटिको प्रयोग ब्यापक बन्न पुगेको छ। एलोन मस्कले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र वृद्धिको बारेमा आफ्नो चिन्ता व्यक्त गर्दै आएका छन् । उनले एआईलाई केही सन्दर्भमा खतरनाक र डरलाग्दो भनेर वर्णन गरेका छन् जुन मानवजातिको लागि खतराको संकेत हुन सक्छ । एआईलाई संवेदनशीलताका साथ विकास गरिएन भने यसले मानवजातिमा ठूलो विपत्ति पनि निम्त्याउन सक्ने उनको भनाइ छ ।

उनले एक पटक आफ्नो ट्वीटमा एआईलाई ‘सञ्जीवनी बुटी’ भनेका छन् । उनले यसका सम्भावित फाइदाहरू जस्तै सुधारिएको स्वास्थ्य सेवा, स्वचालन, जीवनका सुविधाहरू र थप सम्भावनाहरू आदि जस्ता मानवजातिलाई फाइदा पुर्‍याउने बारेमा पनि कुरा गरेका छन् ।

प्रतिक्रिया