बिहीबार, जेठ २, २०८२

हराएका किशोरीको खोजी गर्दा सात जनाका शव भेटिए

नेपालखोज २०८० वैशाख १९ गते १३:१६

हेन्रीएटा । ओक्लाहोमामा हराएका किशोरीको खोजीका क्रममा सात जनाका शव भेटिएका छन् ।

ओक्लाहोमा सहरबाट एक सय ४५ किलोमिटर पूर्वमा अवस्थित हेन्रीएटा सहरमा गरिएको खोजतलासका क्रममा सात जनाको शव भेटिएको अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

ओक्लाहोमा राज्यको अनुसन्धान कार्यालयका प्रवक्ता जेराल्ड डेभिडसनले चिकित्सा परीक्षणबाट मृतको परिचय खुल्ने बताउँदै हराएका किशोरी पनि ती मृतकको समूहमा भए नभएको जानकारी परीक्षणपछि मात्र ज्ञात हुने जनाएका छन् । मृतकहरूको परिचय सार्वजनिक गरिएको छैन ।

चौध वर्षीया आइबी वेबस्टर र १६ वर्षकी ब्रिटनी ब्रुवर हराएकाले उनीहरूको खोज बिनका लागि सोमबार जारी गरिएको ‘खोजीको सूचना’ सोमबार अपराह्न ओक्लाहोमा राज्य मार्ग गस्तीले रद्द गरेको छ ।

बेवस्टर र ब्रुवरलाई यौन अपराधमा कारागारबाट छुटेका जेसी म्याकफडेनसँग यात्रामा रहेको देखिएको थियो । बलात्कारमा दोषी उनी सन् २०२० को अक्टोबरमा रिहा भएका थिए ।

प्रतिक्रिया