शनिबार, वैशाख ८, २०८१

हलिउडमा हडताल

नेपालखोज २०८० वैशाख १९ गते १४:५२

वाशिङटन डिसी । १५ वर्षमा पछि हलिउडका टिभी तथा सिनेमा लेखकहरूले हडताल सुरु गरेका छन् । तलबको विषयमा ठूला स्टुडियोहरुसँग वार्ता हुन नसकेपछि उनिहरुले यस्तो निर्णय गरेका हुन् ।

विगत १५ वर्षमा पहिलो पटक राइटर्स गिल्ड अफ अमेरिकाका ९ हजार लेखक अर्थात् उनीहरूका ९८ प्रतिशत मतदाता सदस्य अहिले हडतालमा छन् । गिल्डले ट्विटरमा भनेको छ – उनीहरू हडतालमा छन्।

यो हडतालका कारण रातिका कतपय शो प्रभावित हुनेछन् भने केही चलचित्रको तयारिमा ढिलाइ हुन सक्नेछ । आज मंगलबार त्यहाँ दिउँसोदेखि नै आन्दोलन सुरु हुनेछ । २००७ मा लेखकहरू सय दिनको हडतालमा गएका थिए जसले दुई बिलियन डलरको नोक्सान गर्यो ।

यस पटक लेखकहरू डिज्नी र नेटफ्लिक्स जस्ता ठूला स्टुडियोको प्रतिनिधित्व गर्ने एलायन्स मोशन पिक्चर तथा टेलिभिजनसँग लडने मुडमा छन् । लेखकहरूले ती स्ट्रिमिङ प्लेटफर्मबाट उच्च तलब र अधिक लाभ को माग गरिरहेका छन् ।

प्रतिक्रिया