सोमबार, जेठ २७, २०८२

‘अझै गहिरोसँग अनुसन्धान होस्, कोही नछुटुन्’

नेपालखोज २०८० वैशाख २१ गते ११:४५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा गृह प्रशासनको कामलाई प्रसंशा गरेका छन् ।

ठगी प्रकरणमा आरोपीहरु धमाधम पक्राउ परेपछि सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले भनेका छन्, ‘यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन् ।’

ठगि गिरोहको भिआइपी जालो उजागर हुँदै आएकोमा खुसी व्यक्त गर्दै थापाले ‘संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन’भनेका छन् ।

प्रतिक्रिया