राष्ट्र बैंकले झण्डै तीन अर्ब रुपैयाँको नागरिक बचतपत्र २०८५ बिक्री गर्ने

नेपालखोज २०८० वैशाख २१ गते १७:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले झण्डै तीन अर्ब रुपैंयाँ बराबरको बचत पत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशत व्याज तोकेर दुई अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८५ (५ बर्षे) बर्षे को बिक्री गर्न लागिएको हो ।

यही बैशाख २४ गतेबाट खुल्ला हुने बचतपत्रको बिक्री कार्य जेठ २४ गतेसम्म कायम रहने राष्ट्र बैंकले जानकारी दिएको छ । निष्काशन मिती २०८० जेठ ३० तोकिएको बचतपत्रको सावाँ भुत्तानी मिती २०८५ जेठ ३० गते तोकिएको छ । यो बचपत्र धितो राखेर कर्जा लिन र दिन समेत सकिने छ ।

घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको सिमा सिमामा रहेर बचतपत्र खरिद गर्न सकिने जानकारी पनि राष्ट्र बैंकले दिएको छ । राष्ट्र बैंकका अनुुसार यो बचत पत्र नेपाली नागरिकले मात्र खरिद गर्न सक्ने छन् ।

प्रतिक्रिया