आइतबार, जेठ ६, २०८१

‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’ जेठ १ मा हुने

नेपालखोज २०८० वैशाख २१ गते २१:०२

काठमाडौं । तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ प्रति सहभागी हुने क्रम बढ्दो रहेको आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जानकारी दिएको छ ।

काठमाडौंमा प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० बाट ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले प्रस्तिस्पर्धा गरिरहेको संस्थाका नेपाल निर्देशक सन्तोष उपाध्यायले जानकारी दिए ।

‘म आफैँ प्रतियोगीको रूपमा मिस एन्ड मिस्टर सुप्रानेशनल’ मा सहभागी भएर चौथो बनेपछि अवसरको सिर्जना गर्नुपर्छ भनेर यसलाई नेपालमा सुरु गरेको हुँ । यसपटक मैले मिस ग्लोब र मिस्टर इन्टरनेशनलको शीर्षकसमेत थपेको छु’, निर्देशक उपाध्यायले भने, ‘हामीले प्रतियोगिता निष्पक्ष होस् भनेर अन्तर्राष्ट्रिय विजेतालाई नै निर्णायकसमेत बनाउने गरेका छौँ । हामीप्रति बढिरहेको विश्वासले हामीलाई थप दायित्वबोध गराएको छ ।’

उनले दिएको जानकारीअनुसार प्रतियोगिताको निर्णायकमा ‘मिस्टर सुप्रानेशनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्ग्कार छन् । उ आउँदो साता नै नेपाल आउनेछ ।

प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिनेछन् । जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रन्यासनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रन्यासनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् । -rss

प्रतिक्रिया