शनिबार, जेठ ५, २०८१

२४ प्रतिशतले मोबाइलमा राख्छन् असुरक्षित पासवर्ड

नेपालखोज २०८० वैशाख २२ गते १४:३८

काठमाडाैं । इन्टरनेटको पहुँच धेरै तिब्र गतिमा अघि बढेको छ र मानिसहरूले भुक्तानीका लागि समेत मोबाइल बैंकिङ प्रयोग गरिरहेका छन्। यससँगै साइबर अपराधका घटना पनि बढ्दै गएका छन् ।

लोकल सर्वे नामक संस्थाले २०२१ देखि यता वित्तीय डाटाको सुरक्षा मोर्चामा के- कस्तो परिवर्तन भएको छ भनेर पत्ता लगाउन भारतमा एउटा राष्ट्रव्यापी सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा २४ प्रतिशतले आफ्नो मोबाइलमा कमजोर पासवर्ड राख्ने गरेको पाइएको छ ।

लोकल सर्वेक्षणका अनुसार ३० प्रतिशत भारतीयले आफ्ना साथीभाइ, परिवार तथा कर्मचारीहरूसँग वित्तीय पासवर्ड जस्ता महत्त्वपूर्ण जानकारी साझा गरेको बताएका छन् । ८८ प्रतिशतले धेरै आवेदन, प्रमाण र बुकिङका लागि आफ्नो आधार कार्ड साझा गरेको बताए। सर्वेक्षणमा सहभागी ८ प्रतिशतले मोबाइल फोन नोटमा संवेदनशील जानकारी राख्ने र नौ प्रतिशतले मोबाइल कन्ट्याक्ट लिस्टमा जानकारी राख्ने बताएका छन् ।

सर्वेक्षणमा ८ प्रतिशतले मोबाइल फोन नोटमा संवेदनशील जानकारी राख्ने र नौ प्रतिशतले मोबाइल कन्ट्याक्ट लिस्टमा त्यस्तो जानकारी राख्ने बताएका थिए । सर्वेक्षणमा सहभागी १४ प्रतिशतले आफ्नो पासवर्ड याद राखेको बताए भने १८ प्रतिशत मानिसले आफ्नो कम्प्युटर वा ल्यापटपमा यस्ता विवरण राखेको जानकारि दिए । ३९ प्रतिशतले यस्तो महत्त्वपूर्ण व्यक्तिगत डाटा ‘अन्त कतै’ राख्छन् ।

बढ्दो डाटा चोरी र वित्तीय ठगीका बावजुद, एक नयाँ सर्वेक्षणले संवेदनशील वित्तीय जानकारी बचत गर्न आफ्नो मोबाइल फोन प्रयोग गर्नेहरुको संख्यामा वृद्धि भएको देखाउँछ । सर्वेक्षणमा संलग्न १७ प्रतिशतले त्यसो गर्न स्वीकार गरेका छन् । रिजर्व बैंक अफ इन्डियाले अप्रिल-सेप्टेम्बर २०२२ का लागि जारी गरेको प्रतिवेदनमा ५,४०६ वटा वित्तीय ठगीका घटना उल्लेख थिए। सोही प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा ४ हजार ६९ जना यस्ता घटना सार्वजनिक भएका थिए ।

प्रतिक्रिया