बिहीबार, जेठ २, २०८२

पुणेको सजावट सामग्रीको गोदाममा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु

नेपालखोज २०८० वैशाख २३ गते १५:३४

महाराष्ट्र । महाराष्ट्रको पुणेको वाघोली क्षेत्रमा शुक्रबार अबेर राति सजावट सामग्रीको गोदाममा भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ । आगो तत्कालै दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।

‘पुणेको वाघोली क्षेत्रमा हिजो राति सजावट सामग्रीको गोदाममा आगलागी हुँदा तीन जनाको मृत्यु भएको भएको र आगो तुरुन्तै नियन्त्रणमा ल्याइएको थियो’, अधिकारीले भनेका छन् ।

आगलागीको कारण भने खुल्न सकेको छैन । यस बारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया