सिकारका कारण गैँडाका सिङ साना हुँदै

काठमाडाैं । पछिल्ला केही दशकदेखि जसरी गैँडाको शिकार भैरहेको छ, त्यसका कारण उनीहरुको सिङ छोटो हुँदै गएको छ भन्ने कुरा सुन्दा जो कोहि छक्क पर्छन् । युनिभर्सिटी अफ क्याम्ब्रिजका अनुसन्धानकर्ताहरूले गरेको एक अध्ययनमा गैँडाको ठूलो सिकारका कारण समयसँगै तिनीहरूको सिङ छोटो हुँदै गएको खुलासा भएको छ । पिपल एन्ड नेचर जर्नलमा यस बिषयमा एउटा विस्तृत प्रतिवेदन प्रकाशित भएको छ ।
विश्व बजारमा गैँडाको सिङ्ग निकै महँगोमा बिक्री हुने गरेको छ । परम्परागत औषधिमा प्रयोग हुने भएकाले चीन र भियतनाममा पनि यसको माग उच्च छ, जसका कारण गैंडाको अवैध व्यापार फस्टाएको छ । अनुसन्धानकर्ताहरुका अनुसार शिकारले गैँडाको संख्यामा ह्रास आएको मात्र होइन, समयसँगै लामो सिङ्गे गैँडा घटेर छोटो सिङ्ग भएका गैंडा मात्र बचेका हुन । यी गैंडाले आफ्नो प्रजाति विस्तार गर्दा छोटो सींगको विशेषता भावी पुस्तामा हस्तान्तरण भयो ।
अन्य प्रजातिमा यस्तो स्थानान्तरण देखिएन । यसलाई बुझ्न वैज्ञानिकहरूले एक शताब्दीभन्दा बढी समयदेखि भण्डारण गरिएका तस्विरहरूको विश्लेषण गरे । उक्त अध्ययनका क्रममा उनिहरुले सन् १८८६ देखि २०१८ सम्म करिब ८० वटा गैँडाको सिङ नापेका थिए । यसमा सेतो, कालो, भारतीय, जाभान तथा सुमात्रान गैंडाका सबै पाँच प्रजाति समावेश थिए । गत शताब्दीमा यी सबै प्रजातिका सिङको लम्बाइ निकै घटेको पाइएको छ । अनुसन्धानकर्ता ओस्कर विल्सनले ति सिङका बारेमा जानकारी दिदै भनेका छन् – गैँडाले धेरै कारणले आफ्नो सिङको विकास गरेको छ ।
गैँडाका विभिन्न प्रजातिले खाना भण्डारण गर्ने वा सिकारीहरूबाट आफूलाई जोगाउने जस्ता काममा सिङको प्रयोग गर्छ । जस्तै खाना भण्डार गर्न वा सिकारीहरू विरुद्ध स्व – रक्षा गर्न, अन्य जीवहरूसँग प्रतिस्पर्धा गर्न । अनुसन्धानकर्ता विल्सन सानो सिङ गैँडाको अस्तित्वका लागि खतरा बन्न सक्ने मान्छन् । शिकार र संरक्षण सम्बन्धि धारणा मा १९५० देखि नै परिवर्तन आएको छ । शोधकर्ताहरूले आफ्नो अनुसन्धानमा गैँडाको शरीर र टाउकोको लम्बाइका साथै सीङ र शरीरका अन्य भागहरू नापे, ताकि शरीरको आकारको अनुपातमा सीङको लम्बाइ सही रूपमा नाप्न सकियोस्। उनीहरूले विगत ५०० वर्षमा बनेका हजारौं तस्बिरहरूको पनि विश्लेषण गरेका थिए ।
अन्वेषकहरू भन्छन् – यो परिवर्तन युरोपेली साम्राज्यहरूको पतनसँग पनि मेल खान्छ, जब अफ्रिकी देशहरू स्वतन्त्र भए र युरोपेली शिकारीहरूलाई शिकारका लागि अफ्रिकामा सहज पहुँच भएन। यी तस्बिरमा १९ औं शताब्दीको उत्तरार्ध र २० औं शताब्दीको प्रारम्भमा शिकारीहरूद्वारा मारिएका गैँडाका सयौं तस्बिर समावेश छन् । यसमा १९११ मा लिइएको तस्बिर पनि समावेश छ जसमा पूर्व अमेरिकी राष्ट्रपति थिओडोर रुजवेल्टको तस्बिर छ । त्यतिबेला उनले गैंडाको शिकार गरेको चित्रण छ।
प्रतिक्रिया