संवैधानिक परिषद्को बैठक बस्दै
नेपालखोज
२०८० वैशाख २५ गते ६:५५

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्दै छ । प्रधानन्यायधिस नियुक्तीलगायतको विषयमा छलफल गर्नका लागि सोमबार संबैधानिक परिषद्को बैठक बस्न लागेको हो । बैठक साँझ ६ बजे बस्ने छ ।
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाकाो पहिलो अधिवेसनका अन्तिम समयमा संबैधानिक परिषद सबन्धी (संसोधन) विद्येयक पेस गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो । संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीलाई विशेषाधिकारसहित बुँदा थप गरेर विद्येयक ल्याइए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।
प्रमुख प्रतिपक्ष दल एमालेको आपत्ति पछि कार्यसुचीमा समावेश गरिसकेको सो विद्येयक अन्तिममा फिर्ता लिइएको थियो । एमालेले संसदीय सुनवाईको पूर्णता पछि मात्रै सो विद्येयक अघि बढाउनुपर्ने सर्त राख्दै आएको छ ।
सम्बन्धित

प्रतिक्रिया