शनिबार, जेठ ५, २०८१

युट्युब भिडियो लाईकको नाममा ठगी

नेपालखोज २०८० वैशाख २५ गते ९:१२

काठमाडौं । भारतमा साइबर ठगहरूले मानिसहरूलाई ठग्ने नयाँ तरिका पत्ता लगाएका छन् भने घरमै बसेर पैसा कमाउने प्रलोभन दिई लाखौँ ठगी गरिरहेका छन् ।

यसअघि भारतमा साइबर ठगहरूले मोबाइलमा फोन गरेर ओटिपी (वन टाइम पासवर्ड) थाहा पाएर बैङ्क खाताबाट पैसा निकाल्ने गर्थे , तर ठगी गर्ने त्यो विधि पुरानो भैसकेको छ । अहिले साइबर ठगहरूले युट्युबमा चलचित्र रिभ्यु र भिडियो लाइकको सट्टामा पैसा दिने प्रलोभनमा ठगी गरिरहेका छन् । 

एक दिन, दिल्ली नजिकैको नोएडाकी एक ४२ वर्षीया महिलाले अज्ञात नम्बरबाट व्हाट्सएपमा सन्देश प्राप्त गरिन जसमा उनले युट्युबमा केही भिडियो हेरे उनले प्रति भिडियो ५० रुपैयाँ (भारतीय रुपैयाँ) पाउने कुरा उल्लेख गरिएको थियो ।

त्यसपछि महिलाले उक्त भिडियो लाइक गरेपछि उनलाई पैसा दिइयो । ती महिलाको विश्वास जितिसकेपछि उनलाई टेलिग्राम समूहमा थपियो जहाँ पहिले नै धेरै सदस्यहरू थिए । ती महिलालाई त्यति बेलासम्म आफू साइबर ठगको जालमा फसेको थाहा थिएन ।

एक दिन समूहका संयोजकले ती महिलालाई २५ (भारतीय रुपैयाँ) हजार रुपैयाँ दिए त्यसको बदलामा बढी नाफा हुने बताए । महिलाले पैसा दिएपछि ठगहरूले पैसा राखे र थप १ लाख १७ हजार (भारतीय रुपैयाँ) तिर्नुपर्ने बताए । ती महिला ठगहरूसँग सहमत भइन् र त्यो रकम पनि दिइन्।

त्यसपछि महिलालाई भनियो कि उनले गलत भिडियोहरू लाइक गरेकी छिन्  जसका कारण टेलिग्राम समूहका सबै सदस्यले आफ्नो पैसा गुमाए । महिलालाई दबाबमा पारेर  ठगहरूले थप ११ लाख ९० हजार भारतीय रुपैयाँ असुल गरे । विभिन्न अवसरमा आफूबाट जम्मा १३ लाख ३२ हजार भारतीय रुपैयाँ लगिएको ती महिला बताउँछिन् ।

जब ती महिलाले आफू साइबर ठगको सिकार भएको थाहा पाइन् तबसम्म धेरै ढिलो भैसकेको थियो र उनले १३ लाख भारु भन्दा बढी गुमाइसकेकी थिइन ।

महिलाले आफूमाथि भएको ठगीका बारेमा नोएडाको साइबर प्रहरीमा उजुरी गरेकी छिन् । ती महिलाको उजुरीका आधारमा प्रहरीले अज्ञात साइबर ठगहरू विरुद्ध आईपीसी तथा आई टी ऐनको धारा ४२० अन्तर्गत मुद्दा दर्ता गरेको छ।

दिल्ली, हरियाणा र राज स्थानसम्म मानिसहरू पीडित 

सजिलै पैसा कमाउने लालच दिएर साइबर ठगहरूले सामाजिक सञ्जालमा निकै सक्रिय रहेका यस्ता व्यक्तिलाई निशाना बनाउँदै छन् । मानिसको विश्वास जित्न साइबर ठगहरूले पहिले केही भिडियो लाइकको बदलामा पैसा दिन्छन्, त्यसपछि कुनै न कुनै बहानामा पैसा ठगी गर्छन् ।

साइबर ठगहरूले अक्सर बिक्री र मार्केटिङको नाममा मानिसहरूलाई फसाउँछन् र घरमै बसेर पैसा कमाउने प्रलोभन दिन्छन्।

पहिले लाइकको बदलामा पीडितलाई पैसा दिइयो र त्यसपछि गलत भिडियो लाइक गरेको भन्दै त्यसको बदलामा पैसा जम्मा गर्नुपर्ने बताइयो । यसरी उनीहरूबाट पैसा ठगी हुन्थ्यो । 

प्रत्येक भिडियो लाइक गरेबापत ५० भारतीय रुपैयाँ  ठगी

गुरु ग्राममा बस्ने सिमरनजीत सिंह नन्दले युट्युब ठगीमा फसेर साढे आठ लाख रुपैयाँ गुमाए । साइबर ठगहरूले यी महिलासँग व्हाट्सएप मार्फत सम्पर्क गरे र लगानीको अवसर बताए ।

त्यसपछि महिलालाई टेलिग्राम लिङ्क सेयर गरिएको थियो जहाँ युट्युब भिडियो लाईक गरेबापत ५० रुपैयाँ लिन भनिएको थियो । युवतीले आफू ठगीमा परेपछि प्रहरीमा उजुरी दिएकी थिइन् । उनले प्रहरीलाई बताए अनुसार ठगहरूले आफूलाई व्यापारिक कार्यको नाममा पैसा ट्रान्सफर गर्न भनेका थिए र यसरी सिमरनजीत सिंहले कूल ८.५ लाख भारु गुमाइन ।

कयौँ पटक साइबर ठगहरूले भुक्तानी गर्न समस्या भएको भन्दै अगाडिको व्यक्तिलाई आफ्नो खातामा केही पैसा पठाउन र ओटिपि आदिको जानकारी लिएर खाताबाट पैसा झिक्न आग्रह गर्छन् । 

व्यक्तिगत जानकारी चोर्ने तरिका

धेरै पटक साइबर ठगहरूले पैसा स्थानान्तरण गर्न सजिलो बनाउन एप डाउनलोड गर्न पनि भन्छन् जसले व्यक्तिको मोबाइल र व्यक्तिगत डाटामा साइबर ठगहरूको पहुँच पुग्छ । यो एप रिमोट एक्सेस ट्रोजन वा मालवेयर हो ।

उनीहरू जालमा फसेका व्यक्तिलाई एक रुपैयाँ मात्र पठाउन आग्रह गर्छन् ताकि पेमेन्ट गेटवे प्रमाणित होस् । त्यसपछि उनीहरूले पीडितको ओटिपि र इमेलका साथै उनको सबै बैङ्क खाता र क्रेडिट कार्ड जानकारीमा पूर्ण पहुँच प्राप्त गर्छन्। 

सर्वेक्षण एजेन्सी लोकल सर्कलको प्रतिवेदनअनुसार विगत तीन वर्षमा ३९ प्रतिशत भारतीय परिवार अनलाइन धोकाको सिकार भएका छन् भने २४ प्रतिशत परिवारले मात्र आफ्नो पैसा फिर्ता पाउन सकेका छन् ।

लोकल सर्कलले सर्वेक्षणका लागि देशका ३ सय ३१ जिल्लाका ३२ हजार मानिससँग कुराकानी गरेको थियो । सर्वेक्षणमा सहभागी २३ प्रतिशतले आफूहरू क्रेडिट वा डेबिट कार्ड ठगीको सिकार भएको बताएका छन् । जबकि १० प्रतिशतले आफूसँग बैङ्क खाता रहेको बताएका छन् ।

प्रतिक्रिया