यूनिटेक हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
नेपालखोज
२०८० वैशाख २५ गते १३:२०

काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
यसको लागि क्यापिटलले यूनिटेक हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गर्नै एक सय रुपैयाँ अङ्कित दरका ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरको तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरेका छन् ।
यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ जिल्लाको फावा खोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरूमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावा खोला जलविद्युत आयोजना निर्माणाधीन ९० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ ।
सम्बन्धित

प्रतिक्रिया