महानगरको टुकुचा खोला व्युँताउने औपचारिक प्रक्रिया सुरु

नेपालखोज २०८० वैशाख २५ गते १६:३१

काठमाडौं। काठमाडौं महानगरपालिकाले टुकुचा खोला व्युँताउन औपचारिक अभियान सुरु गरेको छ ।

उच्च अदालत पाटनले टुकुचा खोला भएको र त्यो माथि व्यक्तिगत सम्पत्ति रहेको आदेश दिएपछि सोमबार महानगरपालिकाले खोलामाथि पर्ने लगत कट्टाको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र मन्त्रालयमा पत्र लेखेको हो ।

मेयर बालेन्द्र साह(बालेन)ले निर्णय गर्दै मन्त्रालयमा पत्र काटेका छन्।

प्रतिक्रिया