शब्दले होइन भाव : भगिंमा (लहजा)ले दिन्छ मूलभूत सन्देश

नेपालखोज २०८० वैशाख २६ गते ६:३३

एजेन्सी । लहजाले हाम्रो जीवनमा ठुलो महत्त्व राख्छ भने हाम्रो पहिरनले हाम्रो व्यक्तित्वमा आकर्षण थप्छ । शब्दका साथसाथै बोल्दा स्वरमा पनि ध्यान दिन जरुरी छ, हामीले बोलेको शब्द महत्त्वपूर्ण हुन्छ तर शब्दहरू भन्दा महत्त्वपूर्ण टोन हो। जब हामी हाम्रो भाषा नबोल्ने कसैलाई भेटछौं, त्यति बेला हामी उसले व्यक्त गर्न कोसिस गरिरहेको भावना बुझ्न सक्छौँ ।

शब्द होइन भाव :भगिंमा यस्तो मौलिक सन्देश हो, जसलाई प्रायः बेवास्ता गरिन्छ। बचत गरेर मात्र बढी कमाउन सकिन्छ । कडा परिश्रम र बचत गरेर पुँजी जम्मा गरियो भने यसले जीवनमा थप कमाउने अवसर ल्याउँछ । मानिसहरू भन्छन् – पैसाले पैसालाई आकर्षित गर्छ । बचतबाट पुँजी बढाउने आफ्नो क्षमता आफूसँग बढी कमाउने सम्भावना छ भन्ने सूचक हो।

यसरी सानो पुँजी जम्मा गरे पनि ठुलो रकमका जुटाउने अवसरका लागि खुला निमन्त्रणा दिन सकिन्छ । पहिरनले व्यक्तित्व निखार्छ, हाम्रो छविले मानिसहरूलाई आफ्नो कुरामा राजी गराउने क्षमतालाई धेरै प्रभावित गर्दछ । आफैलाई मन परोस् वा नपरोस् पोसाकले हाम्रो व्यक्तित्वमा निकै महत्त्वपूर्ण भूमिका खेल्छ ।

त्यसैले आफ्नो पहिरनलाई आफ्नो व्यक्तित्व निखार्न प्रयोग गर्नुपर्छ । हाम्रो व्यक्तिगत शैलीले क्यारियर सफलतामा बलियो प्रभाव पार्छ। ड्रेसिङको मामिलामा हामी ती मानिसहरूको सल्लाह लिन सक्छौ जसको शैली हामीलाई मन पर्छ। निराशा लक्ष्यमा पुग्ने साथी यदि अचानक निराशा जाग्यो भने तपाईँ त्यसलाई कसरी सामना गर्नुहुन्छ ? के तपाईँ निराशालाई आफू माथि हाबी हुन दिनुहुन्छ ? के तपाईँ आफ्नो रिस अरूमाथि निकाल्नुहुन्छ ?

निराशालाई लक्ष्यमा पुग्ने साथीका रूपमा लिनुहोस्, अवरोधका रूपमा होइन। निराशबाट माथि रहँदै त्यसबाट बाहिर निस्कनु होस् र अगाडि बढ्नुहोस् । तपाई कति जोडले लड्नु हुन्छ, त्यसले फरक पर्दैन, फरक केले पार्छ भने तपाई भुईँमा पछारिए पछि कति छिटो र कसरी उठ्नुहुन्छ । यो नै महत्त्वपूर्ण कुरा हो, लड्नु होइन ।

प्रतिक्रिया