६ देखि १४ वर्षका १३ हजारभन्दा बढीलाई चस्मा, कारण : मोबाइल

दिल्ली । हुन त यो छिमेकी मुलुक भारतको छत्तीस गढ राज्यका केही जिल्लाका सरकारी विद्यालयको आकंडा मात्र हो तर यसले बालबालिकाहरूमा बढ्दो नयाँ समस्या तर्फ सबैको ध्यान खिचेको छ । त्यहाँका सरकारी विद्यालयहरूमा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाको आँखा जाँच गर्दा आश्चर्यचकित तुल्याउने नतिजा आएको छ ।
स्वास्थ्य विभागले विलासपुर डिभिजनका झन्डै सबै जिल्लाका सहरी–ग्रामीण विद्यालयका ४ लाख ४९ हजार बालबालिकाको आँखा परीक्षण गर्दा अहिलेसम्म चस्मा नलाएका १३ हजार ७ सय ५३ बालबालिकाको आँखा कमजोर देखिएको छ । यसबाहेक चस्मा लगाएका हजारौँ बालबालिका छन् जसको चस्माको पावर बढाउनु परेको छ ।
बालबालिकाको जाँचका क्रममा स्वास्थ्य विभागका चिकित्सकहरूले आँखा कमजोर हुनुको मुख्य कारण के हुन सक्छ भन्ने कुराको दोज तलास समेत गरेका थिए । डाक्टरहरूका अनुसार पहिलो पटक चस्मा लगाउने अधिकांश बालबालिका विद्यालयबाहेक घरमै मोबाइल फोनमा समय बिताउँछन् ।
छत्तीस गढमा स्वास्थ्य विभागले तीन वर्षमा विलासपुर, रायगढ, कोरवा, जंजगीर, मुंगेली र गौरेला-पेन्द्र-मारवाही जिल्लाका सरकारी विद्यालयमा साढे चार लाख बालबालिकाको आँखा परीक्षण गरी प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार हालसम्म चस्मा प्रयोग नगर्ने १३ हजार ७ सय ३५ बालबालिकालाई चस्मा आवश्यक भएको छ, अर्थात् पछिल्लो समय यो सङ्ख्या बढेको छ ।
यी जिल्लाका निजी विद्यालयका बालबालिकालाई समावेश गर्ने हो भने यो सङ्ख्या साढे दुई गुणाले बढ्न सक्ने अनुसन्धानकर्ताहरू बताउँछन् । अनुसन्धान टोलीले बालबालिकालाई उनीहरूको दिनचर्या पनि सोधेको थियो । जसमा धेरैजसोले स्कुल आउनुअघि र घर फर्किए पछि आफ्नो हातमा मोबाइलमा हुने कुरा बताएका थिए ।
स्थानीय नेत्र रोग विशेषज्ञ डा. सन्दीप तिवारी भन्छन् – बालबालिकाहरूको आँखामा मोबाइल वा स्क्रिनले असर गरिरहेको छ। यस्तो अवस्थामा २० मिनेट मोबाइलमा छन् भने २० सेकेन्ड आफूबाट २० फिटभन्दा टाढा रहेका वस्तुहरू हेर्दा ८० प्रतिशत सम्म राहत मिल्छ।
प्रतिक्रिया