शनिबार, जेठ ५, २०८१

स्मार्टफोन बजारमा कालो बादलले बुझाएको अर्थतन्त्र

नेपालखोज २०८० वैशाख २६ गते ७:४०

काठमाडौं । एप्पलले भारतलाई आगामी विशाल विकास क्षेत्र रहेको बताउँदै आए पनि त्यहाँ स्मार्टफोन बजारमा कालो बादल मडारिइरहेको देखिएको छ ।

स्मार्टफोन उद्योगको तथ्याङ्कले भारतमा मोबाइल फोनको बिक्री सन् २०१९ पछिकै कम छ । गत महिना भारतमा दुई आधिकारिक स्टोर खोलेको एप्पल कम्पनीले आफ्नो बजारको हिस्सा बढाएको छ ।

सस्तो मूल्यमा फोन बेच्ने अन्य प्रतिस्पर्धी मोबाइल कम्पनीले भने आफ्नो फोन बेच्न सङ्घर्ष गर्नुपरेको बिबिसीले उल्लेख गरेको छ ।

रिसर्च फर्म इन्टरनेसनल डेटा कर्पोरेसन (आइडिसी) ले जनाए अनुसार यो वर्षको पहिलो तीन महिनामा भारतमा तीन करोडभन्दा बढी स्मार्टफोन भित्रिए, जुन गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशत कम थियो ।

आइडिसीका अनुसार अनिश्चित आर्थिक सङ्कटबिच कम माग आउँदा मोबाइलको भन्डार धेरै भएको हो । लगातार पहिलो त्रैमासमा घट्दो बिक्रीका बिच यो वर्ष भारतको स्मार्टफोन बजार सपाट रहने पनि आइडिसीको रिपोर्टमा उल्लेख छ । तर, केही विश्लेषकहरूले ‘प्रिमियमीकरण’ बढ्दा धनी उपभोक्ता झनै महँगा उत्पादनतिर बढ्ने बताएका छन् ।

टेक्नोलोजी मार्केट रिसर्च फर्म काउन्टर प्वाइन्टका प्राचीर सिंहले यो वर्ष (सन् २०२३) को पहिलो तीन महिनामा प्रिमियम सेगमेन्टको हिस्सा गत वर्षको तुलनामा दोब्बर भएको बताउँछन् । तर एप्पल र सामसङजस्ता ब्रान्डले यसको भरपुर फाइदा उठाएका छन् ।

चीनको मोबाइल निर्माता कम्पनी साओमी र रियलमीजस्ता कम्पनीद्वारा बनाइएका सस्ता फोनको माग कठिन आर्थिक अवस्थाले प्रभावित बनेको छ । विशेषज्ञहरू भन्छन्, ‘प्रयोगकर्ताले आफ्नो फोन अपग्रेड गर्नमा धेरै समय लगाउँदा बजार प्रभावित हुन्छ ।’

एप्पलको भाग्य र सस्ता उपकरणका लागि खुम्चिँदै गएको बजार बिचको भिन्नताले एसियाको तेस्रो ठुलो अर्थतन्त्रमा महामारीपछिको असमान रिकभरीलाई झल्काउँछ ।

इन्डिया रेटिंग्स एन्ड रिसर्च भन्छ, ‘अंग्रेजीको के आकारको रिकभरीले उपभोगको मागलाई फराकिलो बन्न दिएको छैन । न आयको तल्लो जनसङ्ख्याको तलब वृद्धि नै गरेको छ । परिणामतः अटो मोबाइल, मोबाइल फोन र अन्य विलासी वस्तुको माग बढिरहेको छ । तैपनि उपभोग्य वस्तुको माग कम छ ।’

फेडेरेसन अफ अटो मोबाइल डिलर्स एसोसिएनका अध्यक्ष मनिषराज सिंघानियाका अनुसार कोभिड महामारीको चपेटामा आउनुअघि सन् २०१९ को तुलनामा यो वर्ष एन्ट्री–लेभल स्कुटरको बिक्रीमा २० प्रतिशतले गिरावट आएको थियो ।

यसले कम आय हुने उपभोगकर्ता अझै पनि अपग्रेड गर्न संकोच मानिरहेको र भारतीय ग्रामीण अर्थतन्त्रमा जारी समस्यालाई पनि दर्साउँछ ।

भारतमा ग्रामीण क्षेत्रको मागको कमी पनि स्न्याक्स र फिजी पेय पदार्थजस्ता उपभोग्य वस्तुहरूमा गिरावट आउनुका साथै डेढ वर्षको दोहोरो अङ्कको वृद्धि पनि एकल अं कमा झरेको छ ।

गत वर्ष मार्चमा वार्षिक २० प्रतिशतका दरले बढेको वस्तु तथा सेवामा हुने घरेलु खर्च यो वर्ष पनि तीव्र रूपमा घटेको छ । यो सब भारतीय उपभोक्ता उच्च ब्याजदर र चर्को मुद्रास्फीतिका कारणले मारमा परेका बेला भएको हो ।

समग्रमा भन्नुपर्दा भारतको आर्थिक वृद्धि यो वर्षको पहिलो तीन महिनाका लागि सुस्त भई ४.१ प्रतिशत पुग्यो । जबकि एक वर्षका लागि यो वृद्धि अत्यन्तै न्यून रहेको तथ्याङ्कहरूले बताउँछन्

प्रतिक्रिया